संविधान हातमा लिएर सडकमा उभिए पेसाकर्मी « Khabarhub

संविधान हातमा लिएर सडकमा उभिए पेसाकर्मी


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गण्डकी – मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास संविधानभित्रैबाट खोज्नुपर्ने माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले गण्डकीका विभिन्न जिल्लामा मौन प्रदर्शन गरेको छ । नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासङ्घलगायत पेसागत सङ्गठनहरूको सहभागितामा बागलुङ, पर्वतलगायत जिल्लामा आज मौन प्रदर्शन गरिएका हो ।

उक्त मौन प्रदर्शनमा सहभागी पेसाकर्मीले हातमा संविधानको पुस्तक र ‘देश बचाऔँ, संविधान जोगाऔँ’ लेखिएका ‘प्लेकार्ड’ बोकेका थिए । नेपाल पत्रकार महासङ्घ केन्द्रको निर्णयअनुसार राष्ट्र र संविधानको रक्षाका लागि मौन प्रदर्शन गरिएको नेपाल पत्रकार महासङ्घ बागलुङका सचिव नारायण रिजालले बताए ।

उक्त प्रदर्शनमा अधिकांश कानुन व्यवसायी र पत्रकारको उपस्थिति थियो । मुुलुकको पछिल्लो विकसित घटनाक्रमका सन्दर्भमा संवैधानिक प्रक्रियाबाट निकास निकाल्न माग गर्दै प्रदर्शन गरिएको उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष गीता श्रीसले बताए । ‘पापड’ केन्द्रको निर्णयअनुसार जिल्लामा थप कार्यक्रम तय हुने उनको भनाइ छ ।

यही भदौ २३ र २४ गते जेनजीको प्रदर्शनपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा अन्तरिम सरकार गठन प्रक्रिया संविधानभित्रबाट अगाडि बढाउनुपर्ने ‘पापड’को माग छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ६ : ५२ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित