संविधान हातमा लिएर सडकमा उभिए पेसाकर्मी « Khabarhub

संविधान हातमा लिएर सडकमा उभिए पेसाकर्मी


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गण्डकी – मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास संविधानभित्रैबाट खोज्नुपर्ने माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले गण्डकीका विभिन्न जिल्लामा मौन प्रदर्शन गरेको छ । नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासङ्घलगायत पेसागत सङ्गठनहरूको सहभागितामा बागलुङ, पर्वतलगायत जिल्लामा आज मौन प्रदर्शन गरिएका हो ।

उक्त मौन प्रदर्शनमा सहभागी पेसाकर्मीले हातमा संविधानको पुस्तक र ‘देश बचाऔँ, संविधान जोगाऔँ’ लेखिएका ‘प्लेकार्ड’ बोकेका थिए । नेपाल पत्रकार महासङ्घ केन्द्रको निर्णयअनुसार राष्ट्र र संविधानको रक्षाका लागि मौन प्रदर्शन गरिएको नेपाल पत्रकार महासङ्घ बागलुङका सचिव नारायण रिजालले बताए ।

उक्त प्रदर्शनमा अधिकांश कानुन व्यवसायी र पत्रकारको उपस्थिति थियो । मुुलुकको पछिल्लो विकसित घटनाक्रमका सन्दर्भमा संवैधानिक प्रक्रियाबाट निकास निकाल्न माग गर्दै प्रदर्शन गरिएको उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष गीता श्रीसले बताए । ‘पापड’ केन्द्रको निर्णयअनुसार जिल्लामा थप कार्यक्रम तय हुने उनको भनाइ छ ।

यही भदौ २३ र २४ गते जेनजीको प्रदर्शनपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा अन्तरिम सरकार गठन प्रक्रिया संविधानभित्रबाट अगाडि बढाउनुपर्ने ‘पापड’को माग छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ६ : ५२ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले