अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत « Khabarhub

अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अस्ट्रेलिया र इन्डोनेसियाले बुधबार नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर गर्न सहमति जनाएका छन्, । सन्धिमा दुवै देशबीचको सैन्य सहयोगलाई अझ सुदृढ बनाउने व्यवस्था समावेश गरिएको छ । सिड्नीमा सम्पन्न उच्चस्तरीय वार्तापछि दुवै देशका नेताहरूले संयुक्त रूपमा उक्त जानकारी दिएका हुन् ।

अस्ट्रेलियाले एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्न आफ्ना रक्षा क्षमताहरू विस्तार गर्दै आएको छ र परम्परागत सहयोगी संयुक्त राज्य अमेरिकासँग सम्बन्ध अझ गाढा बनाउँदै गएको छ । तर इन्डोनेसियाले भने बेइजिङसँग सन्तुलित सम्बन्ध कायम गर्न चाहँदै अपेक्षाकृत तटस्थ नीति अवलम्बन गर्दै आएको छ ।

सिड्नीको रोयल अस्ट्रेलियन नेभी बेसमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोसँग संयुक्त पत्रकार सम्मेलनमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भने, ‘हाम्रो साझा सुरक्षालाई बलियो पार्ने उद्देश्यसहित नयाँ द्विपक्षीय सन्धिमा पर्याप्त प्रगति भएको छ । यो सन्धि शान्ति र स्थिरता सुनिश्चित गर्ने उत्तम उपाय सँगै काम गर्नु नै हाम्रो विश्वासको प्रतीक हो ।’

प्रधानमन्त्री अल्बानिजले आगामी वर्ष इन्डोनेसियाको भ्रमण गरी उक्त सन्धिमा औपचारिक रूपमा हस्ताक्षर गर्ने आशा व्यक्त गरे । उनले यो नयाँ सम्झौता सन् २०२४ मा भएको द्विपक्षीय रक्षा सम्झौतामा आधारित रहेको र यसले विवादास्पद एसिया–प्रशान्त क्षेत्रमा दुवै देशबीचको सहकार्यलाई अझ गहिरो बनाउने बताए ।

सन्धिअनुसार अस्ट्रेलिया र इन्डोनेसियाले सुरक्षा मामिलामा नियमित रूपमा प्रधानमन्त्री तथा मन्त्रिस्तरीय परामर्श गर्नेछन् । साथै, कुनै एक वा दुवै देशको सुरक्षा जोखिममा परेको अवस्थामा व्यक्तिगत वा संयुक्त रूपमा अपनाउन सकिने उपायहरूबारे छलफल र समन्वय गर्न पनि यसले अवसर प्रदान गर्नेछ ।

इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले पनि उक्त सम्झौता दुवै देशबीच ‘रक्षा र सुरक्षा क्षेत्रमा घनिष्ठ सहकार्य’ प्रवद्र्धन गर्ने दिशामा महत्त्वपूर्ण कदम भएको बताए । उनले भने, ‘हामी छिमेकीहरू छनोट गर्न सक्दैनौँ, तर असल छिमेकीहरूले कठिन समयमा एकअर्काको साथ दिनुपर्छ । यही भावना यस सन्धिको मूलमा निहित छ ।’

नयाँ सुरक्षा सन्धि दुवै मुलुकका लागि साझा हित र क्षेत्रीय स्थिरताको आधारस्तम्भ बन्ने विश्वास व्यक्त गरिएको छ ।
रासस

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १२ : ०३ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्