अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत « Khabarhub

अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अस्ट्रेलिया र इन्डोनेसियाले बुधबार नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर गर्न सहमति जनाएका छन्, । सन्धिमा दुवै देशबीचको सैन्य सहयोगलाई अझ सुदृढ बनाउने व्यवस्था समावेश गरिएको छ । सिड्नीमा सम्पन्न उच्चस्तरीय वार्तापछि दुवै देशका नेताहरूले संयुक्त रूपमा उक्त जानकारी दिएका हुन् ।

अस्ट्रेलियाले एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्न आफ्ना रक्षा क्षमताहरू विस्तार गर्दै आएको छ र परम्परागत सहयोगी संयुक्त राज्य अमेरिकासँग सम्बन्ध अझ गाढा बनाउँदै गएको छ । तर इन्डोनेसियाले भने बेइजिङसँग सन्तुलित सम्बन्ध कायम गर्न चाहँदै अपेक्षाकृत तटस्थ नीति अवलम्बन गर्दै आएको छ ।

सिड्नीको रोयल अस्ट्रेलियन नेभी बेसमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोसँग संयुक्त पत्रकार सम्मेलनमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भने, ‘हाम्रो साझा सुरक्षालाई बलियो पार्ने उद्देश्यसहित नयाँ द्विपक्षीय सन्धिमा पर्याप्त प्रगति भएको छ । यो सन्धि शान्ति र स्थिरता सुनिश्चित गर्ने उत्तम उपाय सँगै काम गर्नु नै हाम्रो विश्वासको प्रतीक हो ।’

प्रधानमन्त्री अल्बानिजले आगामी वर्ष इन्डोनेसियाको भ्रमण गरी उक्त सन्धिमा औपचारिक रूपमा हस्ताक्षर गर्ने आशा व्यक्त गरे । उनले यो नयाँ सम्झौता सन् २०२४ मा भएको द्विपक्षीय रक्षा सम्झौतामा आधारित रहेको र यसले विवादास्पद एसिया–प्रशान्त क्षेत्रमा दुवै देशबीचको सहकार्यलाई अझ गहिरो बनाउने बताए ।

सन्धिअनुसार अस्ट्रेलिया र इन्डोनेसियाले सुरक्षा मामिलामा नियमित रूपमा प्रधानमन्त्री तथा मन्त्रिस्तरीय परामर्श गर्नेछन् । साथै, कुनै एक वा दुवै देशको सुरक्षा जोखिममा परेको अवस्थामा व्यक्तिगत वा संयुक्त रूपमा अपनाउन सकिने उपायहरूबारे छलफल र समन्वय गर्न पनि यसले अवसर प्रदान गर्नेछ ।

इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले पनि उक्त सम्झौता दुवै देशबीच ‘रक्षा र सुरक्षा क्षेत्रमा घनिष्ठ सहकार्य’ प्रवद्र्धन गर्ने दिशामा महत्त्वपूर्ण कदम भएको बताए । उनले भने, ‘हामी छिमेकीहरू छनोट गर्न सक्दैनौँ, तर असल छिमेकीहरूले कठिन समयमा एकअर्काको साथ दिनुपर्छ । यही भावना यस सन्धिको मूलमा निहित छ ।’

नयाँ सुरक्षा सन्धि दुवै मुलुकका लागि साझा हित र क्षेत्रीय स्थिरताको आधारस्तम्भ बन्ने विश्वास व्यक्त गरिएको छ ।
रासस

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १२ : ०३ बजे

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै