मधेशका मुख्यमन्त्री यादवविरुद्ध रिटको पेसी न्यायाधीश पाण्डेयको इजलासमा « Khabarhub

मधेशका मुख्यमन्त्री यादवविरुद्ध रिटको पेसी न्यायाधीश पाण्डेयको इजलासमा


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवको नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा दायर रिटको पेसी न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ ।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम एमाले मधेश प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै त्यस विरुद्ध एमाले बाहेक दलका ७४ सांसदले सर्वोच्चमा रिट दिएका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, लोसपाका नेता जयलुन राइनसहितका नेताहरूले यादवलाई मुख्यमन्त्री बनाउने निर्णय बदर गर्न माग गरेका छन् ।

गत सोमबार एमाले संसदीय दलका नेता यादवले तत्कालीन प्रदेश प्रमुख भण्डारीसँग बर्दिबासको एक होटलमा नियुक्ति तथा शपथ लिएका थिए ।

सांसदहरुले संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार बन्ने सम्भावना रहँदारहँदै प्रदेश प्रमुखले ठूलो दलको नेतालाई नियुक्ति गर्नु खोटपूर्ण भएकाले बदरको माग गरेका छन् । 

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १२ : २१ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा