रहबर अन्सारीलाई वाईसीएलको चेतावनी : सार्वजनिक माफी मागेर आफूलाई सच्याउनू « Khabarhub

रहबर अन्सारीलाई वाईसीएलको चेतावनी : सार्वजनिक माफी मागेर आफूलाई सच्याउनू


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी भ्रातृ संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने जनाएको छ ।

तत्कालीन नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सदस्य अन्सारीले वाईसीएलबारे सार्वजनिक रुपमा कडा टिप्पणी गरेपछि अध्यक्ष पुष्प ओली आक्रोशित भएका हुन् ।

अन्सारीलाई चुनौतीसहित जवाफ दिँदै वाईसीएल अध्यक्ष ओलीले झूट बोल्ने काम नगर्न भनेका हुन् ।

‘रहबरजी, वाईसीएल नेपालले जनसेवा गरेको, श्रम तथा उत्पादन अभियान चलाएको अनि अहोरात्र नेतृत्वको सुरक्षामा खटिएको देख्नु भएनछ’, ओलीले भने, ‘आफू आलिसान महलमा बसेर, सुकिलो–मुकिलो भएर हाम्रो संगठनमा आवद्ध लाखौं कार्यकर्ताको भावनामाथि झूट बोल्ने छुट कसले दियो तपाईंलाई ?’

उनले रहबरले बेलैमा सार्वजनिक रूपमा माफी मागेर आफूलाई सच्याउनु पर्ने पनि बताएका छन् । रहबरसहित माओवादीका केही सांसदको अडानका कारण मधेशमा तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनार नेतृत्वको सरकार ढलेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  २ : २९ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि