ग्यास्ट्रिक भनेर नझुक्किनुस्, त्यो हृदयाघात पनि हुन सक्छ   « Khabarhub

ग्यास्ट्रिक भनेर नझुक्किनुस्, त्यो हृदयाघात पनि हुन सक्छ  


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– के तपाईंलाई छाती डम्म हुने वा पोल्ने समस्या छ ? यदि छ भने ग्यास्ट्रिक भयो भनेर सामान्य औषधि वा तातो पानीको भरमा नबस्नुहोला । जसलाई हामी सामान्य ग्यास्ट्रिक ठान्छौँ, त्यो हृदयाघात (हर्ट अट्याक) को लक्षण पनि हुन सक्छ।

१- ग्यास्ट्रिक र मुटुको दुखाइ कसरी छुट्याउने ?

मुटुको दुखाइ छाला काटेको जस्तो टसक्क बिझ्ने खालको हुँदैन । यदि छातीको बीच भागमा भारी भयो, केही कुराले थिचेको जस्तो महसुस भयो वा त्यो दुखाइ सरेर घाँटी, बङ्गारा वा पाखुरातिर गयो भने तुरुन्त अस्पताल जानुपर्छ । विशेषगरी उच्च रक्तचाप (ब्लड प्रेशर हाई)  र मधुमेह (सुगर) भएका बिरामीले पेटको माथिल्लो भाग वा छातीमा असजिलो हुँदा ग्यास्ट्रिक हो भनेर बस्नु जोखिमपूर्ण हुन्छ ।

२- प्राकृतिक बाइपास को फाइदा (व्यायामको महत्त्व) 

नियमित व्यायाम गर्नेहरूको मुटु बलियो हुन्छ । दिनमा ३० देखि ४५ मिनेट (हप्तामा १५० मिनेट जति) पसिना आउने गरी हिँड्ने वा व्यायाम गर्ने बानीले मुटुमा  प्राकृतिक बाइपासको काम गर्छ । यसको अर्थ, यदि मुटुको एउटा मुख्य नसा बन्द भइहाल्यो भने पनि व्यायाम गर्ने मानिसको मुटुमा रहेका मसिना नसाहरू सक्रिय हुन्छन् र रगत सञ्चालनमा मद्दत गर्छन् । जसले गर्दा हृदयाघात नै भए पनि क्षति कम हुन्छ ।

३- मःम र मासु खाँदा ध्यान दिनुपर्ने कुरा

नेपालीहरूको प्रिय खाजा मःम र मासु खाँदा रातो मासु (खसी, राँगा) भन्दा सेतो मासु (कुखुरा, माछा) खानु राम्रो हुन्छ । किनकी त्यस्तो मासु मुटुका लागि सुरक्षित हुन्छ। बजारमा पाइने मःममा बोसो र छालाको प्रयोग धेरै हुन सक्ने भएकाले सचेत रहनुपर्छ । 

सबैभन्दा खतरनाक बानी भनेको– एकैपटक धेरै बोसोयुक्त मासु, चर्को नुन, रक्सी र चुरोटको सेवन गर्नु हो । यी चिजहरू एकैसाथ खाँदा रक्तचाप एक्कासि बढेर मुटु फुट्ने वा मस्तिष्कघात हुने जोखिम हुन्छ ।

४- नेपालमै हुन्छ ९५ प्रतिशत उपचार

मुटुको उपचारका लागि अब विदेश धाउनुपर्ने बाध्यता हट्दै गएको छ । मुटु प्रत्यारोपण र कृत्रिम मुटु राख्ने बाहेकका ९० देखि ९५ प्रतिशत रोगको उपचार नेपालमै विश्वस्तरको प्रविधिबाट भइरहेको छ । सरकारी अस्पतालहरूमा सेवा प्रभावकारी बन्दै गएकाले पैसा नभएरै उपचार नपाउने अवस्था कम हुँदै गएको छ ।

 डा. भगवान कोइराला

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ७ : २९ बजे

‘सत्तापक्षले आधा जनसङ्ख्याको प्रतिनिधित्व प्रतिपक्षले गर्छ भन्ने हेक्का राखोस्’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र

एकैदिन विपद्का ४४ घटना, ३ जनाको मृत्यु, ११ घाइते 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकारका ४४ वटा विपद्का

‘३० दिन भयो अझै घर छैन’ भन्दै सुकुम्वासीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । 

सरकारले नेपाललाई किन गरिबकै सूचीमा राख्न चाहेको हो ?

काठमाडौं- सरकारले नेपाललाई कम विकसित मुलुक (एलडीसी)कै सूचीमा राखिरहने व्यवस्था

क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

नयाँ दिल्ली- अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीहरूले