कांग्रेस दोलखाको सय दिने अभियान : अबका चुनावमा कसैसँग गठबन्धन नगर्ने  « Khabarhub

कांग्रेस दोलखाको सय दिने अभियान : अबका चुनावमा कसैसँग गठबन्धन नगर्ने 


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपाली कांग्रेस दोलखाको सय दिने अभियान अन्तर्गत ९ वटै पालिकाको सभा आइतबार सम्पन्न भएको छ । गत २० पुसबाट सुरु गरिएको पालिका केन्द्रित सभा आइतबार सकिएको हो ।

कांग्रेस दोलखाले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी र चलायमान बनाएर आउँदो ८४ को निर्वाचनमा एक्लै चुनाव लड्ने अठोट लिएको छ । सभालाई सम्बोधन गर्दै कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले कांग्रेस पार्टीले आगामी आमनिर्वाचनमा तिनै तहको संगठनलाई बलियो र एक ढिक्का बनाएर एक्लै निर्वाचनमा जाने गरी तयारी थाल्ने बताए।

यस अघिका निर्वाचन कम्युनिस्ट दलहरूसँग गठबन्धन गर्दा कांग्रेसले धेरै आफ्नो क्षेत्रहरू गुमाएको स्मरण गर्दै अब त्यसरी दोलखामा कांग्रेस अन्य दलसँग गठबन्धन नगर्ने बताए ।

त्यसैगरी कांग्रेस दोलखाका पार्टी उपसभापति छवि लामाले पनि कांग्रेसको संगठन कांग्रेस भित्रको आन्तरिक किचलो र गुटगत राजनीतिको कारण कमजोर बन्दै गएको बताए ।

केन्द्रमा बसेर नेताको चाकरी गरेर टिकट लिएर गाउँ फर्किनेहरूले तल्लो तहका कार्यकर्तालाई चिन्न नसकेको कारण कांग्रेस दोलखाले धेरै वडा तथा पालिकामा हार बेहोर्नुपरेको बताए ।

पालिका केन्द्रित सभालाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका केन्द्रित सदस्य अजयबाबु सिवाकोटीले दोलखा कांग्रेसलाई बलियो र एक ढिक्का बनाउन आफैँ केन्द्रीय तहबाट सधैँ लाग्ने बताए । 

नेता सिवाकोटीले कांग्रेस दोलखाका जिल्ला नेता तथा केन्द्र तहका नेताहरू एक ठाउँमा उभिएर पार्टी निर्माणमा लागे ०८४ को निर्वाचनमा परिणाममुखी नतिजा ल्याउन सकिने बताए । नेता सिवाकोटीले कांग्रेसबाट निर्वाचित जिल्लाका जनप्रतिनिधिले आफ्नो कार्यकर्ता तथा मतदाताको गुनासोहरूलाई सम्बोधन गर्न समेत सुझाव दिए ।

त्यसैगरी कांग्रेस केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले
कांग्रेसका जिल्ला नेता,पालिका नेता तथा वडाका सभापतिहरूलाई कांग्रेसको सकारात्मक संदेश प्रवाह गर्न नेता कार्यकर्तालाई सुझाव दिए।मन्त्री काफ्लेले कांग्रेसले गरेका राम्रो कामको भन्दा नराम्रो कामको प्रचार हुने गरेको भन्दै अब कांग्रेस नेता कार्यकर्ताले कांग्रेस गरेका राम्रो काम र विकासको प्रचारप्रसारमा लाग्नुपर्ने बताए।

उनले दोलखाको विकास निर्माणको सन्दर्भलाई कोट्याउँदै  दोलखामा कांग्रेस सरकार हुँदा वा बाहिर बस्दा पनि थुप्रै परिवर्तन भएको बताए।स्वर्गीय नेता भिमबहादुर तामाङले देखाएको बाटोलाई अहिलेका कांग्रेस नेता कार्यकर्ताले भुल्न नहुने बताए ।

नेपाली कांग्रेस आफू सत्तामा हुँदा जिल्लाको विकास निर्माण देखि जनताको जीवन परिवर्तन ल्याउन सधैँ लागिरहेको बताए कांग्रेसले दोलखामा दर्जनौँ विद्यालय,पुल,सडक,स्वास्थ्य चौकी अस्पताल तथा खानेपानीको योजना ल्याए पनि त्यस कामको प्रचार हुन नसकेको बताए ।

त्यसैगरी आफू प्रदेश सरकारको जिम्मेवार ठाउँमा रहेकाले दोलखाको विकास निर्माणमा सक्दो सहयोग गर्ने बताए।जिल्लाका नौ स्थानीय तहमा आउँदो बजेट अधिवेशनबाट देखिने गरिकाम गर्ने बताए ।

केन्द्रीय समितिले दोलखाको सय दिने अभियानको केन्द्रीय प्रतिनिधिको रूपमा पूर्व स्वास्थ्य मन्त्री समेत रहेका मोहन बहादुर बस्नेतलाई प्रतिनिधि खटाएको थियो ।

प्रमुख अतिथिको रूपमा कार्यक्रमलाई सम्बोधन गर्दैन  केन्द्रीय सदस्य बस्नेतले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन अभियान सञ्चालन गरेको उल्लेख गर्दै उनले विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, रिक्त पदमा पदाधिकारी मनोनीत गर्न सम्मेलन, अभिमुखीकरण कार्य तालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन समेत निर्देशन दिए ।

पौष २० गते शैलुङ गाउँपालिकाको बागखोर बजारबाट सुरु भएको सय दिने अभियानको समापन सभा २८ गते भिमेश्वरनगर  सभा आयोजना गर्दै टुंगिएको हो । 
सुबास बस्नेत

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ११ : ५९ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ