विलासी ल्यान्ड क्रुजरबारे विराज भन्छन्– घरमा नयाँ कलाकार थपिएकाले किन्नुपर्‍यो « Khabarhub

विलासी ल्यान्ड क्रुजरबारे विराज भन्छन्– घरमा नयाँ कलाकार थपिएकाले किन्नुपर्‍यो


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेला बेला नेपाली सेलिब्रिटीका सामान्य कुरा पनि चर्चामा आउँछन् । उनीहरूको प्रेम, विवाह र पहिरन जस्ता व्यक्तिगत कुराले पनि दर्शक र फ्यान बृत्तको माहोल तताउँछ ।

यसको पछिल्लो उदाहरण हुन्- नायक बुवा-छोरा विराज भट्ट र समीर । गत दसैँमा फिल्म ‘१२ गाउँ’ प्रदर्शनमा आएर बक्स अफिसमा सफल बन्यो । उक्त बेला विराज फिल्मकै कारण चर्चामा आए । त्यही फिल्मबाट विराजले आफ्ना छोरा समीरलाई डेब्यू गराएका थिए ।

पहिल्यै फिल्मबाट समीर स्थापित नायकमा गनिन थालेका छन् । उनी अहिले सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’को छायाङ्कामा छन् ।

अहिले अभिनेता विराज भट्ट र समीर पुन चर्चामा छन् । कारण हो- विराजले भर्खरै ३ करोड बढी पर्ने ल्यान्ड क्रुजर कार किने । उक्त विसाली कार उनले ‘छोरालाई उपहार दिन किनेका हुन्’ भन्दा चर्चा भइरहेको छ ।

विराज भने पूर्वनिर्धारित योजनाअनुरुप नै कार किनेको बताउँछन् । खबरहबसँग उनले भने, ‘गाडीको आवश्यका पहिल्यै महसुस भएको थियो । अहिले संयोग जुर्‍यो ।’

‘छोरा (समीर)लाई उपहार दिन किन्नु भएको भन्ने चर्चा छ नि ?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘घरमा नयाँ कलाकार जन्म भएपछि गाडीको थप महसुस चाहिँ भएको हो ।’

यद्यपि समीरको व्यक्तिगत प्रयोगका लागि मात्रै गाडी नकिनेको उनी बताउँछन् । भन्छन्, ‘घरमा गाडी आएको हो । त्यो आवश्यकता अनुसार सबैले प्रयोग गरिन्छ ।’

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  २ : ५४ बजे

एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन गेम्स

भारत भ्रमणमा रहेका रुबियो उच्चस्तरीय भेटवार्तामा व्यस्त

नयाँ दिल्ली- अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा व्यस्त छन्

बैंकिङ कसुर मुद्दामा फरार एकजना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा

जलजलाको सम्भावना उल्झाउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी– प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको सम्भावना

‘ककरोच जनता पार्टी’ लाई काउन्टर दिन ‘ओगी जनता पार्टी’

काठमाडौं- भारतमा भाइरल भइरहेकाे ककरोच जनता पार्टीलाई काउन्टर दिन ओगी