माओवादीले बोलायो पदाधिकारी बैठक, नेताहरूको कार्यविभाजन हुने « Khabarhub

माओवादीले बोलायो पदाधिकारी बैठक, नेताहरूको कार्यविभाजन हुने


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रले बुधबार बस्ने गरी पदाधिकारी बैठक बोलाएको छ । माओवादी केन्द्रका सचिव राम कार्कीका अनुसार बुधबार बिहान ८ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा नेताहरूको क्षेत्रगत, भूगोल र विभिन्न विभागहरूमा कार्य विभाजन गर्ने एजेन्डा छ । ‘सबै एजेन्डा त थाहा छैन । तर नेताहरूको कार्य विभाजन छ भनेर बुझेको छु,’ कार्कीले खबरहबलाई भने, ‘पार्टी रूपान्तरण भएर जानुपर्ने भएकाले क्षमता र योग्यताअनुसार कार्यविभाजन गर्नुपर्ने छ । त्यसैमा छलफल हुन्छ ।’

यसअगाडि पुस २१ गतेदेखि ३ दिनसम्म माओवादीले केन्द्रीय कमिटी बैठक राखेको थियो । उक्त बैठकमा पूर्व उपराष्ट्रपति नन्द्रबहादुर पुन ‘पासाङ’ पनि उपस्थित थिए ।

उनलाई माओवादीले पुनःपार्टी राजनीतिमा फर्काउने कोसिस गरेको छ । उनलाई उपाध्यक्ष दिएर सक्रिय गराउने गरी छलफल चलिरहेको छ । तर केही नेताहरूले देशको सम्मानित पदमा पुगेको व्यक्ति राजनीतिमा आउन नहुने भनेर विरोध पनि गरिरहेका छन् ।

कतिपय नेताहरूले केन्द्रीय कमिटी बैठकमा उनलाई राजनीतिमा ल्याएमा सम्मानित पदको मर्यादा खस्किने भन्दै अभिभावक बन्न सुझाव दिएका थिए । तर अध्यक्ष प्रचण्ड माओवादी लडाकुका पूर्वकमान्डर पुनलाई राजनीतिमा ल्याउने योजनामै देखिन्छन ।

यस पटक कार्य विभाजन गर्दा प्रचण्डले पुनलाई जिम्मेवारीमा ल्याउन सक्ने बताइएको छ ।

यता अखिल क्रान्तिकारीको राजनीतिबाट बिदा भएका नेताहरूलाई पनि क्षमताअनुसार जिम्मेवारी दिन माओवादीभित्र आवाज उठिरहेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १ : २२ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी