पार्टी भित्रको गुटगत राजनीति अन्त्य गर्नुपर्छ : एनपी साउद « Khabarhub

पार्टी भित्रको गुटगत राजनीति अन्त्य गर्नुपर्छ : एनपी साउद


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नेपाली कांग्रेसका नेता एनपी साउदले गुटगत राजनीति अन्त्य गरेर पार्टीलाई बलियो बनाउन सबै प्रतिबद्ध भएर लाग्न आवश्यक रहेको बताएका छन् । 

कांग्रेस जिल्ला कार्यसमिति नवलपरासी (सुस्ता पूर्व)ले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रम सम्बोधन गर्दै उनले पार्टी निर्वाचनका समयमा मात्रै सक्रिय हुने परिपाटी अन्त्य गरिनुपर्ने पनि बताए । 

‘पार्टीको निर्वाचन नहुँदाको समयमा पनि जिल्लामा जाने, पार्टीका नेता–कार्यकर्ताहरूका समस्या र गुनासाहरू सुन्ने, जनताका अपेक्षाहरू पूरा गर्न गहन छलफल गर्ने प्रतिबद्धता विभिन्न तहमा रहेका साथीहरूले गर्नुपर्छ,’ केन्द्रीय सदस्य साउदले भने । 

पार्टीलाई बलियो बनाउनका लागि भ्रातृ संस्थाहरूलाई सक्रिय बनाउनुपर्नेमा उनको जोड थियो । ‘पार्टीका भ्रातृ संस्था भनेको शरीरको नसाजस्तै हुन् । शरीरलाई चलायमान बनाउन नसाबाट रक्तसञ्चार आवश्यक भएजस्तै पार्टीका एजेन्डालाई तल्लो तहमा पुर्‍याउन भ्रातृ संस्थाहरूलाई लोकतान्त्रिक बनाउन हामी लाग्न आवश्यक छ,’ साउदले भने, ‘पार्टीका भ्रातृ संस्थाको निर्वाचन गराएर जतिसक्दो चाँडो नयाँ नेतृत्व प्रदान गर्ने काममा जिम्मेवारी प्राप्त साथीहरूले गर्नुहुनेछ । 

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले कांग्रेस–एमाले गठबन्धनको सरकारलाई अन्तिम आशाको सरकारको संज्ञा दिँदै जन पक्षीय काममा सरकारलाई सहयोग गर्न कांग्रेस प्रतिबद्ध रहेको जिकिर गरे । 

‘यो अन्तिम आशाको सरकार भएकोले जनताको अपेक्षा अनुसारको काम गर्न आवश्यक छ,’ उनले भने, ‘जनताका पक्षमा काम गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने काममा सरकारलाई सहयोग गर्न काँग्रेस प्रतिबद्ध छ ।’ 

लुम्बिनी प्रदेशको दौडाहमा रहेका नेता साउदले अभियानका क्रममा दिएको अभिव्यक्तिहरू कुनै व्यक्ति विशेष नभएर जनताले उठाएका कुराहरू बोलेको पनि प्रस्ट्याए ।  

‘हामीले यो जाडोको समयमा यहाँ आएर कांग्रेसका नेता–कार्यकर्ताहरूसँग भेटघाट गर्ने अवसरको रूपमा लिएका छौँ । र, यस अभियानका क्रममा बोलेका कुराहरू कुनै व्यक्ति लक्षित नभएर जिल्लामा जनताले उठाएका कुराहरू बोलेका छौँ,’ साउदले भने, ‘जनताका कुराहरू, कांग्रेसप्रति आस्थावान साथीहरूका सुझावहरूलाई हामीले मुखर गरेका छौँ र गरिरहने छौँ ।’

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ३ : १९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको