‘नेपाल दुवै छिमेकीको प्राथमिकतामा छ, सार्क हामीले चाहेर मात्रै सक्रिय हुँदैन’ « Khabarhub

‘नेपाल दुवै छिमेकीको प्राथमिकतामा छ, सार्क हामीले चाहेर मात्रै सक्रिय हुँदैन’


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका दुवै छिमेकी देश भारत र चीनले नेपालसँगको सम्बन्धलाई महत्वसहित प्राथमिकतामा राखेका बताएकी छन् ।

संसद्‍को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा धारणा राख्दै मन्त्री डा. राणाले दुवै देशले नेपालसँगको सम्बन्धलाई प्राथमिकताका साथ महत्व दिएका बताइन् ।

उनले छिमेकी देशबाट नेपालसँग आवश्यक मात्रामा सम्वाद, सम्पर्क तथा अन्तक्रियाहरू भइरहेका पनि जानकारी दिएकी छन्।

‘विभिन्न द्विपक्षीय बैठकहरु, भ्रमण आदानप्रदानका साथै सम्पर्क र सम्वाद भइरहेको छ, नेपाललाई दुवै देशले विगतदेखि सहयोग गर्दै आउनुभएको छ’, उनले भनिन्, ‘यो सहयोग र सद्भावले आगामी दिनमा पनि निरन्तरता पाउने छ ।’

समितिमा पछिल्लो समय नेपालको कूटनीतिक सम्बन्धबारे सदस्यहरूले राखेका जिज्ञासामा उनी जवाफ दिन पुगेकी थिइन् ।

मन्त्री डा. राणाले सो बैठकमा अमेरिकामा भएको संयुक्त राष्ट्रसंघीय महासभाको ७९ औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो सहभागिता उपलब्धिमूलक रहेको बताइन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण र आफ्नो भारत भ्रमणका क्रममा भएका समझदारी, सम्झौता तथा द्विपक्षीय भेटघाटबारे पनि उनी बोलेकी थिइन् ।

सार्क नेपालले मात्रै चाहेर सक्रिय हुँदैन

मन्त्री डा. राणाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) नेपालले चाहेर मात्रै सक्रिय बनाउन नसकिने बताइन् । उनले सार्कलाई गति दिन पहल भने जारी राखिएको स्पष्ट पारिन् ।

‘हामीले मात्रै चाहेर सार्क सक्रिय बनाउन सकिने होइन । सार्कको बडापत्रमै सबै सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सहमतिमा मात्र यसको शिखर सम्मेलन हुन्छ भनिएको छ’, उनले भनिन्, ‘सबै सदस्य राष्ट्रका तयार नभएकाले नै सार्कले गति नलिएको हो । तर पनि अध्यक्षका नाताले नेपालले पहल र प्रयास गरिरहेकै छ ।’

सार्कको शिखर सम्मेलन मात्र हुन नसकेको बताउँदै उनले अन्य कार्यक्रम र बैठक भइरहेका जानकारी दिएकी छन् । आफूले संयुक्त राष्ट्रसंघीय महासभाका क्रममा पनि सार्कका विदेशमन्त्रीहरूको बैठकका लागि पहल गरेको पनि उनले बताइन् ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ३ : ५९ बजे

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा

रास्वपा महाधिवेशन : थप शक्तिशाली बन्दै रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यही