दिव्याले अस्वीकार गरिन् प्रदीपसँगको प्रेम, खुलाइन् रुवाएको घटना « Khabarhub

दिव्याले अस्वीकार गरिन् प्रदीपसँगको प्रेम, खुलाइन् रुवाएको घटना


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दिलिप रायमाझीकी छोरी दिव्या फिल्ममा आफ्नो भविष्य खोज्दै छिन् । उनको डेब्यू फिल्म ‘एक्टर’को प्रदर्शन मिति माघ १६ लाई तोकिएको छ ।

पहिलो फिल्म प्रदर्शनमा नआउँदै उनले दोस्रो फिल्म ‘पिताम्बर’को छायाङ्कन सकेकी छन् । संयोग यी दुवै फिल्ममा प्रदीप खड्का नायक छन् । अर्थात्, उनले सुरुवाती दुई फिल्ममै नायकमा प्रदीपलाई पाएकी छन् ।

प्रदीप अहिले सर्वाधिक माग भएका नायकको सूचीमा अग्रस्थानमा आउँछन् । उनको फ्यानफलोइङ पनि राम्रो छ । यस अर्थमा सुरुवातमै डिमान्डेड नायकसँग अभिनय गर्न पाउनु दिव्याका लागि सुखद पक्ष हो ।

फिल्ममै प्रदर्शनमा नआउँदै दिव्याबारे गसिप पनि फैलिएको छ । उनी नायक प्रदीपसँग प्रेम सम्बन्धमा छन् भन्ने गसिप राम्रैसँग फैलिएको छ ।

कमलपोखरीस्थित ‍सोमबार एक हलमा दिव्याको दोस्रो फिल्म ‘पिताम्बर’को टिजर सार्वजनिक गरिएको थियो । कार्यक्रममा फिल्मका कलाकार दिव्या, प्रदीपसहित नायिका सुपुष्पा भट्ट र सुरुक्षा पन्त उपस्थित थिए ।

उक्त कार्यक्रममा दिव्यालाई प्रदीपसँगको प्रेम प्रसंगले स्थान पायो । यी दुईलाई सँगै भेट्दा प्रश्न स्वभाविक उठ्ने भयो । किनभने फिल्म बजारको ‘हट’ गसिप नै यही छ ।

प्रदीपसँगको प्रेमबारे सोध्दा दिव्याले सिधै अस्वीकार गरिन् । गसिफ मात्रै भएको दाबी गर्दै भनिन्, ‘हामी लगातार दुई फिल्ममा सँगै काम गर्‍यौं, त्यो भएर पनि प्रेमबारे गसिप फैलिएको हुनसक्छ । अर्को कुरा स्क्रिनमा हाम्रो जोडी राम्रो देखिएकाले पनि गसिप चलेको हुनसक्छ ।’

अब दिव्या र प्रदीपले अस्वीकार गरेपछि उनीहरू प्रेम सम्बन्धमा छैनन् भनेर स्वीकार गर्नैपर्‍यो । कि उनीहरूले ‘सार्वजनिकरुपमा प्रेम स्वीकार गर्न चाहेनन्’ भन्ने अशंकाले यो गसिपलाई बढवा दिनुपर्‍यो !

प्रेम अस्वीकार गरे पनि दिव्याले प्रदीपले रुवाएको प्रसंग कोट्याइन् । यो घटना भने ‘पिताम्बर’को छायाङ्कन दौरानको हो ।

रुवाएको प्रसंग कोट्याए पनि दिव्याले विस्तार गर्न मानिनन् । त्यसपछि प्रदीपतिर प्रश्न तेर्सियो, ‘किन रुवाउनु भयो दिव्यालाई ?’

प्रदीपले पनि सुरुमै यो प्रसंगबारे बोल्न चाहेनन् । ‘कुरा लामो छ’ भन्दै तर्किन खोजे । उनले भने, ‘यो कुनै अन्तर्वार्तामा भन्दा मजा आउने कुरा हो, यहाँभन्दा अन्तर्वार्तामै उचित होला ।’

तर, लगातर ‘किन, के हो प्रसंग ?’ भन्ने प्रश्न उनीमाथि दोहोरिइरहेपछि जवाफ नदिइ सुख पाएनन् ।

‘पिताम्बर’को छायाङ्नको सुरुवातमा दिव्या रोएको उनले सुनाए । उनी रुनुको कारण आफ्नो ‘बोली’ रहेको स्वीकार गर्दै उनले भने, ‘दिव्याले आफ्नो परिचय दिने अंश छायाङ्कन हुँदै थियो । उसले टेक दिन सकिरहेकी थिइनन् । अनि मैले यति सामान्य कुरा पनि अभिनय गर्न नसक्ने भनेछु । अलिक कडा स्वरले भनेछु क्यार दिव्या रोइन् ।’

दिव्या रोएपछि आफूलाई नराम्रो लागेको वा गल्ती भए जस्तो महसुस गरे-नगरेको कुरा भने प्रदीपले खुलाएनन् ।

आशा गरौं प्रसंग उनले चाहे जस्तै कुनै अन्तर्वार्ता खुलाउँछन् । नवनायिका अभिनय गर्ने क्रममा ‘नर्मस’ हुँदा चित्त दुख्ने गरी वचन लगाउने पक्कै प्रदीपको नियत थिएन ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ५ : ५८ बजे

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो