घर पठाइदिन रविको आग्रह सुनेनन् न्यायाधीशले, बुधबारसम्म हिरासतमै रहने « Khabarhub

घर पठाइदिन रविको आग्रह सुनेनन् न्यायाधीशले, बुधबारसम्म हिरासतमै रहने


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अब बुधबारसम्मलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहने भएका छन् ।

लामिछानेको तर्फबाट थुनछेक बहस सकिए पनि जाहेरीवालाको तर्फवाट सुरू भएको बहस नसकिएपछि लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीले हिरासतमै राख्ने गरी प्रहरीको जिम्मा लगाएका हुन् ।

सोमबार थुनछेक बहसका क्रममा रविले आफूलाई हिरासतमा नभई घर पठाइदिन आग्रह गरेका थिए । उनले आफू घर जान चाहेको बताए पनि आदेश नआउन्जेललाई हिरासतमै रहने गरी इजलासबाट आदेश भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अधिकारीको एकल इजलासमा यो मुद्दामा बहस भइरहेको छ । आइतबार पनि अदालतमा पेस गर्ने गरी न्यायाधीशबाट प्रहरीको जिम्मा लगाउने आदेश भएको थियो । त्यसपछि रविलाई काठमाडौं प्रहरी परिसरको भीआईपी हिरासतमा लगिएको थियो।

सोमबार पनि उनी कार्यालय खुल्नेबित्तिकै अदालतल पुगेका थिए । तर, थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमै बस्ने आदेश भएको हो ।

अदालतले कास्की जिल्ला अदालतले झैँ धरौटी मागेमा रवि छुटने छन् । यदि पुर्पक्षका लागि अदालतले थुनामा पठाएमा रविको संकट बढ्ने छ ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर छुटेका थिए ।

पोखराबाट छुटेपछि उनी आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भए । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान चलेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएको थियो।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहितलाई लागेको छ ।

आइतबार सरकारी वकिलको तर्फबाट बहस सकिएसँगै सोमबार जाहेरवालाको तर्फबाट बहस भएको हो । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्तात्रयय दिनेश त्रिपाठी, स्वागत नेपाल र सुरेन्द्र भण्डारीलगायतले बहस गरेका छन् । प्रतिवादी लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले बहस गर्दै छन्।

सोमबार बिहान बहस सुरु हुनुअघि न्यायाधीश अधिकारीले सरकारी वकिलका तर्फबाट २ घन्टा र लामिछानेका तर्फको बहस सवा १ घण्टामा सक्न निर्देशन दिएका थिए। तर, समय सीमाभित्र बहस नहुँदा बुधबारसम्म रविको बास हिरासतमै हुने भएको हो ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ४ : ४८ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार ५ गते शुक्रबार। सन् २०२६

आज २०८३ साल असार ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ५ गते शुक्रबार। सन् २०२६

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक