यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित « Khabarhub

यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  आईसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो । 

मलेसियामा आज भएको पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजले नेपाललाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको थियो। नेपालको पारी १९ दशमलव एक ओभरमा एक सय रनमै समेटियो । नेपालका लागि सिमाना केसीले २३, पूजा महतोले १८, किरण कुँवरले १८ र सोनी पाख्रिनले १५ रन बनाए । बलिङतर्फ वेष्ट इन्डिजकी त्रिशा हरदत, आलिया विकीज र आमिया गिल्बर्टले दुई दुई विकेट लिइन् । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा चार विकेट गुमाएर एक सय नौ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि जजारा क्लक्सटनले अविजित २२ रन बनाइन् । यस्तै कप्तान समारा रमनथले २५ र अबिगेल ब्राइसले १९ रनको योगदान दिइन् । 

बलिङतर्फ नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले एक–एक विकेट लिइन् । 

नेपालले दोस्रो अभ्यास खेल आगामी माघ २ गते अमेरिकासँग खेल्नेछ । माघ ५ गतेदेखि मलेसियामा सुरु हुने यु–१९ महिला टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । उक्त समूहमा बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया रहेका छन् । नेपालले माघ ५ गते बङ्गलादेशसँग, माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्ने छ । 

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ५ : ३४ बजे

प्रगतिशील साहित्यको अवस्था र भावी कार्यदिशाबारे विचारगोष्ठी

काठमाडौं- बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा प्रगतिशील लेखक सङ्घले आज राष्ट्रिय साहित्यिक

बाजुरा-हुम्ला सीमा अध्ययन गर्न समिति गठन

काठमाडौं- सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष अध्ययन

एमाले सचिवालय बैठक : १९ पदाधिकारीमध्ये अध्यक्ष ओलीको बचाउमा चार नेतामात्रै उभिए

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक तीन दिनदेखि भक्तपुरको गुन्डुमा जारी

ओलीको खम्बा बनेर उभिए महेश बस्नेत : अध्यक्षको बचाउ गर्दा परेछ भने राजनीति छोड्छु, घात गर्न सक्दिनँ

काठमाडौं- नेकपा एमालेको शुक्रबारदेखि जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा

इरानसँग चाँडै सम्झौता हुन्छ : विदेशमन्त्री रुबियो

नयाँ दिल्ली- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपूर्वमा जारी युद्ध औपचारिक