आजका समाचार : चार अध्यादेश जारी हुँदा एउटा अड्कियो, रवि बुधबारसम्म हिरासतमै र झन् फैलिँदै लस एन्जलसको आगो | Khabarhub Khabarhub

आजका समाचार : चार अध्यादेश जारी हुँदा एउटा अड्कियो, रवि बुधबारसम्म हिरासतमै र झन् फैलिँदै लस एन्जलसको आगो


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दल फुटाउने र मिलाउने काम आफ्नो नभएको बताएका छन् ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल फुटाउनेसम्बन्धी अध्यादेश ल्याउन लागेको भनेर झूट र नकारात्मकता फैलाइएको गुनासो गरे ।

कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको पनि उनले स्पष्ट पारे । विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आए संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्‍याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याएको बताए ।

लेखराजको गुनासो-ओली नै आतंककारी भन्नु हुन्छ

कांग्रेस दोलखाको सय दिने अभियान : अबका चुनावमा कसैसँग गठबन्धन नगर्ने

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

‘नेपाल दुवै छिमेकीको प्राथमिकतामा छ, सार्क हामीले चाहेर मात्रै सक्रिय हुँदैन’

राष्ट्रपतिद्वारा निर्माणाधीन संसद् भवन अवलोकन

परराष्ट्रमन्त्रीको जवाफ : बीआरआई सम्झौतामा ‘ऋण’ भन्ने शब्द नै छैन

चारवटा अध्यादेश जारी हुँदा शीतल निवासमा रोकियो भूमिसम्बन्धी संशोधन
गत शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सिफारिस भएर आएका चारवटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जारी गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई प्रमाणीकरण गरेका हुन्।

पार्टी भित्रको गुटगत राजनीति अन्त्य गर्नुपर्छ : एनपी साउद

मानव र वन्यजन्तुबीचको द्वन्द्व नियन्त्रण गर्न आवश्यक : मन्त्री अधिकारी

माओवादीले बोलायो पदाधिकारी बैठक, नेताहरूको कार्यविभाजन हुने

झ्याल ढोका बन्द गरेर अध्यादेशबाट सरकार चलाउनु अलोकतान्त्रिक : महासचिव गुरुङ

चिकित्सकको तलब २ लाख ५० हजारसम्म सुनिश्चित गर्न सिफारिस

मोर्चा बनाउने दिशामा मधेसकेन्द्रित दल, कार्यदलको पहिलो बैठक बस्दै

घर पठाइदिन रविको आग्रह सुनेनन् न्यायाधीशले, बुधबारसम्म हिरासतमै रहने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अब बुधबारसम्मलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहने भएका छन् ।

लामिछानेको तर्फबाट थुनछेक बहस सकिए पनि जाहेरीवालाको तर्फवाट सुरू भएको बहस नसकिएपछि लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीले हिरासतमै राख्ने गरी प्रहरीको जिम्मा लगाएका हुन् ।

सोमबार थुनछेक बहसका क्रममा रविले आफूलाई हिरासतमा नभई घर पठाइदिन आग्रह गरेका थिए । उनले आफू घर जान चाहेको बताए पनि आदेश नआउन्जेललाई हिरासतमै रहने गरी इजलासबाट आदेश भएको हो ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

नेपाल भारतबीचको सैन्य अभ्यास समापन

‘सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक अन्तिम चरणमा’

विद्यालयको अङ्ग्रेजी नाम नेपाली राख्ने महानगरको अभियान असफल

मालवाहक सवारी साधन भारवहन कार्यविधि कार्यान्वयन गर्न माग

भीरबाट लडेकी विष्णुमायाको उपचार अभावमा गयो प्राण
भीरबाट लडेर गम्भीर घाइते भएकै अवस्थामा घटमुना अस्पताल पुर्‍याइएकी विष्णुमाया रोकायाको उपचार अभावमा ज्यान गएको छ।

टाउको र छातीमा देखिएको गम्भीर चोट र धेरै रगत बगेकाले अचेत अवस्थामा रोकायालाई स्थानीय महिलाहरुले अस्पताल पुर्‍याएका थिए ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले बाहिर लान सुझावसहित रिफर गरिदिएका थिए। तर आफन्तले आर्थिक अभावको कारण देखाएर सकेको उपचार गर्न आग्रह गरे । स्वास्थ्यकर्मीले जोखिम मोल्न नसक्ने जानकारी दिँदा पनि आफन्तले नमानेपछि उपचार जारी राखे । अन्ततस् उपचारका लागि भर्ना भएको तीन दिनपछि विष्णुमायाको अस्पतालको शय्यामै मृत्यु भएको छ ।

सोलुखुम्बुमा हिमपात, सडक अवरुद्ध

उद्घाटन नहुँदै भासिएको कमला पुल अलपत्र, सर्वसाधारणलाई सास्ती

गण्डकीमा एक लाखबढी किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु

नयाँ पाइपलाइनको परीक्षण सम्पन्न

मनाङमा पहिलो हिमपात, किसान खुसी

अमेरिकामा अग्नि नियन्त्रक सङ्घर्षमा, युक्रेनले सहयोग गर्ने
लस एन्जलसमा ६ दिनदेखि लागेको आगोका कारण अग्नि नियन्त्रक समस्याको सामना गरिरहेको छन्। लगातार चलेको हुरीका कारण उनीहरूको समस्या अझ थपिएको हो। आइतबारदेखि सान्टा आनामा हुरी चलेको छ। सो हुरी बुधबारसम्मचल्ने छ।

पालिसेड र इटनमा आगो केही नियन्त्रणमा आएको छ। यो अहिले सहरको उल्टो दिशामा चलिरहेको छ।

स्थानीय अग्नि नियन्त्रकलाई मेक्सिको र क्यानडाका अग्नि नियन्त्रकले साथ दिइरहेका छन्। उनीहरूलाई युक्रेनी अग्नि नियन्त्रकले पनि साथ दिने जनाइएको छ।

राष्ट्रपति भालाडोमिर जेलेन्सकीले १५० अग्नि नियन्त्रक पठाएर सहयोग गर्ने जनाएका हुन्। जेलेन्सकीले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने कार्यक्रम थियो। अहिले क्यालिफोर्नियामा लागेको आगोको कारण सो भेटवार्ता स्थगित भएको हो।

जापानमा शक्तिशाली भूकम्प, तटीय क्षेत्रमा सुनामी चेतावनी

अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो

नाइजेरियामा सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु

भारतीय मोदीले गरे चीन सीमा क्षेत्रतर्फको रणनीतिक सुरुङ उद्घाटन

ब्राजिलमा पहिरोमा परी १० जनाको मृत्यु

युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु

अमेरिकाद्वारा एआई चिपको निर्यातमा नयाँ प्रतिबन्ध

म्यानमामा खानी भत्किँदा १२ जनाको मृत्यु

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ८ : ०१ बजे

किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ

सर्लाही – किशोर अपहरणमा संलग्न भएको अभियोगमा एक भारतीयसहित तीन

भारतद्वारा भानुआतुलाई ५ लाख डलर सहायता प्रदान

काठमाडौं – भारतले दक्षिण प्रशान्त महासागरमा अवस्थित टापुराष्ट्र भानुआतुलाई ५

सरकारले कामको गति बढाउन जरूरी छः महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा

गुल्मीको अग्लुङ–प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

काठमाडौं – गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका