रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्नका लागि ठोस कार्ययोजना अघि बढाउन निर्देशन दिएका छन् । 

मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सधैँ समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री ओलीले कुनै देशलाई नभएर नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन आग्रह गरे । उनले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाई वितरण गरिसक्न पनि आग्रह गरे । 

मन्त्रालयका अनुसार वार्षिक पाँच लाख ५० हजार मेट्रिक टन मलका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको छ । हालसम्म दुई लाख ४० हजार मेट्रिक टन मल आयात भएको छ भने गत वर्षको मौज्जादसमेत गरी दुई लाख ६३ हजार मेट्रिक टन बिक्री भइसकेको छ । 

हाल ३० हजार मेट्रिक टन युरिया मल आयात हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा युरिया मलको मूल्य बढ्दै गएकाले आयातकर्तासँग सम्झौता भइसकेको मल आपूर्ति हुन समस्या हुने र ग्लोबल टेण्डरका लागि ४५ दिनसम्मको अवधि दिनुपर्ने कानुनी व्यवस्थाले समस्या हुने गरेको मन्त्रालयले ब्रिफिङ गरेको छ ।

प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउने खालको कृषि नीति बनाउन र विद्यमानरुपमा अनावश्यक भएका संरचनाहरू थप गरी स्रोत साधनको उपयोगिता बढाउन आग्रह गरे । 

यस्तै आगामी २०८१ चैत २६ र २७ गते काठमाडौँमा हुने बहु क्षेत्रीय प्राविधिक र आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) कृषिमन्त्रीस्तरीय बैठकको तयारी भव्य रूपमा गर्न छलफल भएको छ । 

प्रधानमन्त्री ओलीले यस्ता मञ्चमा सहभागिता प्रभावकारी र वस्तुगत बनाउन तथा नेपालको समृद्धिको अपेक्षा पूरा गर्ने योजनामा सहयोग पुग्ने गरी प्रस्तुत हुन निर्देशन दिए। 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, कृषि मन्त्रालयका सचिवद्वय डा. गोविन्द शर्मा र डा. राजेन्द्रप्रसाद मिश्रसमेत सहभागी बैठकमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्रधानमन्त्रीको नाम हटाउन पनि स्मरण  गराए ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ४ : १६ बजे

 जोखिममा रहेका सात वटा गुँडबाट गोहीको अण्डा सङ्कलन

चितवन– चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारमा जोखिममा

पशुपति क्षेत्र विकास कोषको ऐन समय सापेक्ष परिमार्जन गर्छौँ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको

हवाई प्राधिकरण सम्बन्धी विधेयक संशोधनको सूचना दर्ता

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाल हवाई सेवा प्राधिकरणको

पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा

गण्डकी– नेपाल फोटो पत्रकार सङ्घ कास्कीले विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धनका

पक्राउ पुर्जी र पूर्व सूचनाबिनै रेशमलाई पक्राउ गरियो : लालवीर चौधरी

काठमाडौं –  नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसद लालवीर चौधरीले सरकारले