बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

कठमाडौं– बैंकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी पाटन नगरपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने ३० वर्षीय विनोद पन्त रहेका छन्।

पन्तलाई बुधबार काठमाडौं महानगरपालिका-२८ पुतलीसडकबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले बताए।

उनका अनुसार पन्तविरुद्ध १ करोड ४० लाख रुपैयाँको बैंकिङ कसुरको जाहेरी प्रहरीमा छ। फरार प्रतिवादी खोजी सिलसिलामा पन्तलाई पक्राउ गरिएको बस्नेतले बताए।

पन्तविरुद्ध माइली तामाङले बैंकिङ कसुरमा जाहेरी दिएकी थिइन्। पन्तलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ६ : २८ बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न