अर्थसंक्षेप : निरन्तर कमजोर बन्दै एनआइसी एशिया, साताको अन्तिम दिन ओरालो लाग्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : निरन्तर कमजोर बन्दै एनआइसी एशिया, साताको अन्तिम दिन ओरालो लाग्यो नेप्से


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वित्तीय विवरणले एनआइसी एशिया बैंक निरन्तर कमजोर हुँदै गएको देखाएको छ । साताको अन्तिम दिन नेप्से ओरालो लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्नका लागि ठोस कार्ययोजना अघि बढाउन निर्देशन दिएका छन् । निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक ल्याउनुपर्नेमा सरोकारवालाहरूको जोड दिएका छन् ।

आजका आर्थिक समाचार :

‘सबैभन्दा ठूलो’ एनआइसी एशिया बैंक कसरी बन्यो कमजोर ?

नेपालमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये एनआइसी एशिया पछिल्लो समयमा सबैभन्दा कमजोर देखिएको छ ।

ण्कुनै समय सबैभन्दा धेरै शाखासहित अधिकांश स्थानमा उपस्थिति जनाएको एनआइसी एशिया बैंकको पछिल्लो वित्तीय विवरणअनुसार यतिखेर सबैभन्दा कम नाफा आर्जन गर्ने बैंक बन्न पुगेको हो ।

७ अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट

आज साताको अन्तिम शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा पुगेको छ । नेप्से ०.२७ प्रतिशतले घट्दा कारोबार पनि घटेको छ ।

आज ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता शेयर कारोबार भएको छ । नेप्से घट्दा ७६ वटा कम्पनीको मूल्य बढेको छ भने १६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्नका लागि ठोस कार्ययोजना अघि बढाउन निर्देशन दिएका छन् ।

मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सधैँ समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिएका हुन् ।

निजी क्षेत्र संरक्षण हुने गरी विद्युत् विधेयक पारित गर्न माग

निजी क्षेत्रको लगानी संरक्षण हुने गरी विद्युत् विधेयक ल्याउनुपर्नेमा सरोकारवालाहरूको जोड दिएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले बुधबार राजधानीमा आयोजना गरेको ‘प्रस्तावित विद्युत् विधेयक २०८० र लगानीको संरक्षण’ विषयक अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायले संसदमा हाल विचाराधीन विद्युत् विधेयकभन्दा प्रचलित विद्युत् ऐन २०४९ नै निजी क्षेत्रमैत्री रहेको बताए ।

अर्थसचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् ।

सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश राउतले उपाध्यायलाई पद तथा गोपनीयताको शपथ गराएको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ ।

सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

सुनको मूल्यमा उच्च वृद्धि

नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार तीनसय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार बढेको मूल्यसँगै आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

संरक्षणको अभावमा तामाखानीका सुरुङ पुरिन थाले

जिल्लाको रघुगङ्गा गाउँपालिका–६ ठाँडाखानीमा रहेको तामाखानीको सुरुङ पुरिन थालेका छ । छन्त्याल समुदायको पुर्ख्यौली पेसा मानिने खानी खन्ने काम वर्षौँदेखि रोकिनुका साथै पुर्खाले पत्ता लगाएका तामाखानीको संरक्षण नहुँदा सुरुङ पुरिन थालेको हो ।

पुरानो गाउँन नजिक चुलिको जरामा रहेको तामाखानीको एउटा सुरुङ पुरिएको स्थानी बताउँछन् । यस ठाउँमा परम्परागत रूपमा तामाखानीका दुई वटा सुरुङ रहेपनि अहिले एउटा पुरिएको र अर्को पनि पुरिने अवस्थामा पुगेको स्थानीय मन छन्त्यालले बताए ।

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत

नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाडौँमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले राससलाई जानकारी दिए।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ७ : ०० बजे

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का