वीरगञ्जको कर्फ्यु लम्बियो, राति १२ बजेसम्म जारी रहने « Khabarhub

वीरगञ्जको कर्फ्यु लम्बियो, राति १२ बजेसम्म जारी रहने


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको वीरगञ्जमा स्थानीय प्रशासनले शनिबार साँझदेखि लगाएको कर्फ्यु आज राति १२ बजेसम्म जारी रहने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज भएको सर्वपक्षीय बैठकले परिस्थितिको मूल्याङ्कन गर्दै जारी कर्फ्यु आज मध्यरातसम्म कायम राख्न्ने निर्णय गरेको हो ।

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको बैठकले कर्फ्यु नहटाउने निर्णय गरेको प्रशासकीय अधिकृत दीपक पटेलले बताए ।

बैठकले शनिबार साँझ वीरगञ्जमा भएको घटनाको समीक्षा गर्दै धार्मिक सदभाव भड्किन नदिन जनसमुदायलाई अपिल गर्ने निर्णय समेत गरेको छ ।

वीरगञ्जमा आइतबार बिहानदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेकोले निषेधित क्षेत्रमा कुनै प्रकारको विरोध सभा, हुलहुज्जत र भेला नभएकोले सामाजिक सञ्जालमा आएका केही भिडियोको भ्रामक प्रचारमा नलाग्न सम्बन्धित पक्षलाई स्थानीय प्रशासनले सचेत गराएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आइरहेका भिडियोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले कर्फ्यु उल्लङ्घन गरेको आरोपमा ४० जनालाई नियन्त्रणमा लिइएको बताए ।

आइतबार बिहानदेखि १० बजेको अन्तरमा विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको प्रहरी नायव उपरीक्षक लम्सालले बताए । कर्फ्यु लगाइएको क्षेत्रमा सुरक्षा निकाय तैनाथ गरिएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ११ : ५० बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ