पर्यटक दौडमा १८ देशका ५५ सहभागी « Khabarhub

पर्यटक दौडमा १८ देशका ५५ सहभागी


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा जारी २० औँ फेवा नव वर्ष महोत्सव २०८२ को दोस्रो दिन आइतबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा लन्डनबाट आएका साम प्रथम भएका छन् । युके, रसिया र अमेरिकाका क्रमशः लियो, डेनिस र युसेफले द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरे ।

महिला तर्फको छुट्टै मूल्यांकनमा फ्रान्सकी कोलिन प्रथम भइन् । फ्रान्सकी एलिजा द्वितीय भइन् भने रसियाकी मारिया तृतीय भइन् । चीनकी फ्लोराले सान्त्वना स्थान हासिल गरिन् । प्रतियोगितामा प्रथम हुनेले हाइ ग्राउन्ड एड्भेञ्चरबाट प्रदान गरिने बञ्जी सुविधा पाएका छन् । मायाको चिनो, प्रमाणपत्र, सिइङ हेन्ड्स ब्लाइन्ड मसाज क्लिनिकबाट मसाज सेवा र ब्यञ्जन रेन्टुरेन्टबाट खाना पनि उनीहरूले पाएका छन् । 

द्वितीय हुनेले हाइग्राउन्डबाट प्रदान गरिने एटिभी सेवा प्राप्त गरे । एटिभी चार पांग्रे विशेष खालको सवारीमा गरिने साहसिक यात्रा हो । यसैगरी सिइङ हेन्डबाट ५० प्रतिशत शुल्क छुटसहितको मसाज र ब्यञ्जनमा खाना सुविधा पनि उनीहरूले पाउने छन् । 

तृतीय हुनेले हाइग्राउन्डबाट जिपलाइन सेवा, सिइङ हेन्डबाट २५ प्रतिशत शुल्क छुटसहितको मसाज सेवा र व्यञ्जनमा खाना पनि पाउने छन् । सान्त्वना स्थान प्राप्त गर्नेले हाइग्राउन्डबाट स्वीङ सेवा लिने छन् । निःशुल्क टिसट, अन्नपूर्ण केवल कार र सिइङ हेण्डबाट ५० प्रतिशत छुटमा मसाज सेवा सहभागीले पाएका छन् ।

खहरे र अम्बोटबीचको दुई किलोमिटर लामो सडकमा रन फर फन नाम दिएर आयोजित दौडमा १८ देशका ५५ पर्यटकले भाग लिएको प्रतियोगिता संयोजक हेमराज पहारीले जानकारी दिए । संघका अध्यक्ष लक्ष्मण सुवेदीले सहभागी पर्यटकलाई धन्यवाद दिँदै प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रम सञ्चालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए । 

महोत्सव अन्तर्गत शनिबारको तालिकामा संस्थागत ब्याडमिन्टन प्रतियोगिता, दोहोरी गीतका कार्यक्रम, लाइभ ब्यान्ड, नृत्य, डिजे तथा विविध सांस्कृतिक कार्यक्रम रहेका थिए ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ६ : १८ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ