पहिलेबाटै बेलायत बस्थिन् गीता, प्रतिनिधि सभामा उठेका पति कैलाश पनि जनमतबाट जसपातिर | Khabarhub Khabarhub

पहिलेबाटै बेलायत बस्थिन् गीता, प्रतिनिधि सभामा उठेका पति कैलाश पनि जनमतबाट जसपातिर


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ मंगलबार दिएको राजीनामा एकाएक भाइरल भयो ।

भाइरल नहोस् पन किन, उनले राजीनामा पत्रमा जनताको करबाट पारिश्रमिक नबुझ्ने भन्दै भीडको सहानभूति जो कोसिस गरेकी थिइन् ।

गीताले पछिल्लो समय भाइरल कन्टेन्टमा रमाउने भीडलाई आफू आदर्श बन्दै सांसद पदबाट राजीनामा दिएकी थिइन् ।

‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन’, जनमतकी समानुपातिक सांसद गुरुङले प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरलाई पठाएको राजीनामा पत्रमा उनले भनेकी थिइन्, ‘तसर्थ, आजैका मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु ।’

तर आदर्श वाक्यसहित राजीनामा सांसद पदबाट बुझाएकी गीता पहिलेबाटै बेलायतमा बस्दै आएकी थिइन् । लामो समयदेखि बेलायतमा रहेकी उनी पछिल्लो समय उतै गएर बसेकी हुन् ।

गीताका एकजना आफन्तका अनुसार जनमतका केन्द्रीय सदस्यसमेत रहेका पति कैलाश गुरुङलाई गीताले नै उपेन्द्र यादव नेतृत्वको जसपामा प्रवेश गराएकी हुन् ।

उनको परिवार लामो समयदेखि बेलायतमै बस्दै आएको छ । गीताले बेलायतमै स्थायी बसोबासको विकल्प रोजेसँगै कैलाश गत चैत ९ गते जनमतबाट जसपातिर लागेका थिए ।

जनमतकी समानुपातिक सांसद गुरुङले उक्त राजीनामा जनमत छाडेर जसपा बनिसकेका उनै पतिमार्फत् सार्वजनिक गरेकी हुन् ।

बेलायतमा बस्ने भएकाले जनमतकी गीता रुपन्देहीबाट समानुपातिक सांसद भए पनि प्रदेशसभामा कम उपस्थित हुनेमा पर्थिन् । अघिल्लो सत्रको संसद अधिवेशनमा उनी सबैभन्दा कम उपस्थित हुने सांसदमा थिइन् । गुरुङ प्रदेशसभाका ६१ बैठकमध्ये २७ वटामा मात्रै उपस्थित भएकी थिइन्। उनले स्वास्थ्यका कारण बैठकमा उपस्थित हुन नसकेको बताएकी थिइन् ।

पतिलाई जसपा नेपालमा प्रवेश गराइसकेकी उनी आफू बेलायतमै बसेकाले राजीनामा पनि उतैबाट आएको हो । सांसद गुरुङ र उनका पति कैलाशको समेत जसपासँग उठबस थाहा पाएपछि जनमतले प्रश्न उठाउँदै आएको थियो ।

एक नेताका अनुसार जनमतका नेता रहेका दुवैको संसदीय भूमिकामाथि जनमतले बेलाबेलामा प्रश्नसमेत उठाइरहेको अवस्थामा उनले राजीनामा पठाएकी हुन् ।

गीताका पति कैलाशले गत चैत ९ गते शनिबार रुपन्देहीको भैरहवास्थित दुर्गामन्दिरमा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबाट खादा र टीका लगाउँदै नयाँ यात्रा थालेका थिए । उनी त्यसबेलासम्म जनमत पार्टीका केन्द्रीय सदस्य थिए ।

गुरुङ २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा जनमत पार्टीबाट रुपन्देही क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए । पार्टी प्रवेशपछि गुरुङले जसपा नेपाल सबैलाई समेट्ने र अधिकार दिलाउने पार्टी रहेको बताएका थिए ।

त्यसबेला भैरहवामा जसपा नेपालका अध्यक्ष यादवले कैलाशसहित जनमतकै केन्द्रीय सदस्य नीलम यादवलाई पनि पार्टीमा प्रवेश गराएका थिए । तर, गीता भने जनमतबाट सांसदमा रहेकाले औ‍पचारिक रुपमा प्रवेश गरेकी थिइनन् ।

जसपा अध्यक्ष यादवका एकजना सचिवालय सदस्यका अनुसार गीता पनि जसपाकै सम्पर्कमा छिन् ।

‘उहाँ हाम्रै सम्पर्कमा हुनु हुन्छ । चैत ९ मा कैलाश गुरुङ मात्रै प्रवेश गर्नु भएको हो । कानुनी हिसाबमा दल फेर्दा सांसद पद जाने भएकाले प्रवेश गर्नु भएको थिएन’, उनले भने, ‘तर गीता र कैलाश दुवै जनमतमै हुनु हुन्छ । तर गीताले भने बेलायतमै स्थायी बसोबास गर्ने निर्णय लिनु भएको छ । उहाँ हाम्रो प्रवास समितिमार्फत् सक्रिय रहनु हुनेछ ।’

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ४ : ३४ बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही