गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील « Khabarhub

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो पार्टी जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील रहेको दाबी गरेका छन्‌ ।

काङ्ग्रेस मोरङले आज साँझ विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेला एवम्‌ अन्तरक्रियामा उनले सबै नेपालीको आस्था र भरोसाको पार्टीले आफूहरूमाथि मुलुकलाई समृद्धितर्फ डोहोर्‍याउने जिम्मेवारी रहेको बताए ।

नेता लेखकले काङ्ग्रेसको नेतृत्वमा निर्माण गरिएको वर्तमान समावेशी संविधानकै कारण देशमा महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश हुन सफल भएको दाबी पनि गरे । राजनीतिमा वादविवाद, आलोचना, समालोचना, प्रतिवाद हुन्छ भन्दै उनले वर्तमान संविधानअनुसार एउटै पार्टीको सरकार निर्माण हुन नसक्नाले गठबन्धन सरकार निर्माण गर्नुबाहेक अन्य विकल्प नरहेको धारणा राखे ।

‘मुलुकमा राजनीतिक स्थिरता दिन वर्तमान संयुक्त सरकार निर्माण गरिएको हो । नेपाल राष्ट्र बैङ्कको प्रतिवेदनका आधारमा १० महिनाको अवधिमा सरकारले वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि, मूल्यवृद्धिमा नियन्त्रण, राजस्व सङ्कलनमा सुधार, आयात घटाएर निर्यात वृद्धि गरेको छ । हामी इमान्दारिताका साथ देश विकासमा लागिरहेका छौँ’, मन्त्री लेखकले भने ।

उनले प्रतिनिधिसभामा दुईदेखि पाँच वर्षसम्म थातिरहेका पुराना विधेयक पारित हुने अवस्थामा पुगेको जानकारी दिँदै शिक्षा विधेयक आगामी असार १५ गते प्रतिनिधिसभाबाट पारित हुने बताए । यस्तै संविधान संशोधन गर्न कार्यदल गठन प्रक्रिया अगाडि बढेको बताउँदै गृहमन्त्री लेखकले बढीभन्दा बढी दलको सहमतिको आधारमा संविधान संशोधन गरिने उल्लेख गरे ।

काङ्ग्रेस मोरङका कार्यवाहक अध्यक्ष भक्ति माझी, सचिव मोदराज घिमिरेले जनताका समस्या समाधानतर्फ सरकार क्रियाशील हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा विभिन्न पालिकाका अध्यक्ष, कार्यकर्ताले कृषि औजार कारखाना सञ्चालनमा अनुदान, महिला हिंसा नियन्त्रण, ग्रामीण क्षेत्रमा इलाका प्रहरी कार्यालय स्थापना, सुकुम्वासी समस्या समाधान गर्नुपर्नेलगायत विषयमा सुझाव दिएका थिए । रासस

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ९ : २९ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको