‘बाघ कराउने र बाख्रा हराउने सँगै’ भएपछि भण्डारीलाई तनाव « Khabarhub

‘बाघ कराउने र बाख्रा हराउने सँगै’ भएपछि भण्डारीलाई तनाव


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केमेडी नाइट विथ च्याम्पिनयका निर्देशक विशाल भण्डारीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यलय बाहिर खिचेको एक भिडियो सामाजिक सञ्जालमा बिहीबार राखे ।

यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा एक चर्चा भयो– भण्डारीलाई प्रधानमन्त्री कार्यालयले बलायो ।

अन्य अवस्थामा भए यो कुरा सामान्य हुन्थ्यो । तर, अहिले परिस्थिति फरक छ । अर्थात्, गत मंगलबारको एपिसोडमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मज्जाले उडाइएको (व्यङ्ग्य) गरिएको छ । प्रधानमन्त्रीको क्यारिकेचर कलाकार सुमन कार्कीले गरेका छन् ।

यस एपिसोडमा राष्ट्रिय स्वतन्त्र पार्टीको सांसदहरु अतिथिका रुपमा आएका थिए । नयाँ दल रास्वपा र ओलीको टसललाई व्यङ्गात्मकरुपमा प्रस्तुत गरिएको छ ।

मिडियाहरुले यो विषयको चर्चा गरेका छन् । अझ भनौं यो एपिसोडले शोप्रति दर्शकको ध्यान मज्जाले तानेको छ । चार दिनमा १० लाख भ्युज पुगेको छ । भण्डारीका अनुसार यो सबैभन्दा छिटो युट्युबमा उक्त भ्युज पुग्ने एपिसोड हो ।

अब चर्चा गरौं भण्डारी प्रधानमन्त्री कार्यालय पुगेको छ । ओलीलाई व्यङ्ग्य गरेकै एपिसोड सार्वजनिक भएपछि भण्डारीले प्रधानमन्त्री कार्यालयमा पुगेको भिडियो हाले । फेरि एपिसोडमा ओलीलाई नै मज्जाले उडाइएको छ ।

भण्डारीले भिडियो हालेपछि उनलाई उक्त एपिसोडमा आपत्ति जनाउँदै प्रधानमन्त्री कार्यालयबाट बोलावट भयो कि भन्ने आशंका सामाजिक सञ्जालमा हुन थाल्यो । केही मिडिया यही कोणबाट सामाचार नै छापे ।

चर्चा चलेपछि खबरहबले भण्डारीसँग यस विषयमा जिज्ञासा राखेको थियो । भण्डारीले प्रधानमन्त्रीको टिममा रहेका एक व्यक्ति आफ्नो साथी भएकाले उसैलाई भेट्न गएको बताए ।

उनले स्पष्ट पार्दै भने, ‘मेरो मित्र हुनुहुन्छ । मात्रै उहाँलाई भेट्न गएको हुँ । बाँकी केही होइन । आधिकारिक रुपमा र एपिसोडलाई लिएर कुरा गर्नका लागि मलाई बोलाइएको होइन ।’

टेलिफोनमै उनले खबरहबसँग ‘बाघ कराउनु र बाख्रा हराउनु सँगै’ भएकाले विभिन्न व्यक्तिलाई स्पष्टीकरण दिँदै हिड्नु पर्ने अवस्था सिर्जना भएको बताएका थिए ।

खबरहबसँग कुरा गरेको केही समयपछि भण्डारीले फेसबुककै स्पष्टीकरण दिए ।

उनले सामाजिक सञ्जालको भिडियोकै भरमा मिथ्या सूचना केही मिडियाले प्रकाशन गरेको आरोप समेत लगाए ।

उनले ती मिडियालाई लक्षित गर्दै लेखेका छन्, ‘बिक्छ भन्दैमा गफ नबेचौं । मिथ्या सूचनाले समाजलाई सही गति दिँदैन ।’

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  २ : ०९ बजे

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र

आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस इतरको निर्णय

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि