झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो « Khabarhub

झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट र खाउरीबाङ जोड्ने पुल निर्माण गरेको हो ।

धवलागिरि गाउँपालिका– ६ का वडाध्यक्ष राजाराम सुवेदीले पुलबाट धवलागिरि –६ का साथै वडा नम्बर ५ मल्कवाङ र मालिका गाउँपालिका– ७ बिमका बासिन्दा लाभान्वित भएको जानकारी दिए ।

‘मराङमा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी र जनविकास माविमा पुग्नका लागि अर्बाङ, घण्टीवाङका बासिन्दालाई यात्रा अवधि छोटिएको छ’, उनले भने, ‘अर्वाङ, घण्टीवाङ, रिखका बासिन्दालाई मराङबेँसीमा झरेर वडा कार्यालय, स्वास्थ्यचौकी, माध्यमिक विद्यालय भएको ठाउँमा पुग्न करिब एक घण्टा पैदलयात्रा गर्नुपर्नेमा पुल बनेपछि यात्रा अवधि १५ मिनेटमा छोटिएको छ ।’

उक्त पुल निर्माणका लागि २०८१ साल असारमा बेनी नगरपालिका– २ को निर्माण कम्पनीले दुई करोड ५० लाखमा ठेक्का सम्झौता गरेको थियो । अठार महिनाको ठेक्का अवधि भए पनि १२ महिनामै पुल निर्माण सम्पन्न भएको निर्माण कम्पनीका सञ्चालक प्रदीप सापकोटाले बताए ।

स्थानीय पूर्वाधार विकास आयोजना कास्कीमार्फत यसै वर्ष धवलागिरि गाउँपालिका– ३ दरखोलामा तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएको छ । यस वर्ष निर्माण भएका दुईवटासहित म्याग्दीमा तीन सय मिटरभन्दा लामा झोलुङ्गे पुलको सङ्ख्या चारवटा झोलुङ्गे पुल छवटा पुगेको छ ।

रघुगङ्गा गाउँपालिका– १ बेग र बादुक जोड्ने बेगखोलामा तीन सय ६५ दशमलव ८० मिटर, मालिका– ७ बिमवाङ र धवलागिरि –६ रिख जोड्ने तीन सय ५० मिटर, बेनी नगरपालिका– १ रत्नेचौर र बागलुङ नगरपालिका– ४ कुडुले जोड्ने तीन सय ८८ मिटर र अन्नपूर्ण गाउँपालिका– ५ शिख र किन्दु जोड्ने तीन सय ४४ मिटर लामो पुल निर्माण भइसकेका छन् । (रासस)

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ८ : १८ बजे

सुरुङमा फसेको छोरो १० दिनपछि छोरो जीवितै भेटिँदा परिवारमा खुसीका आँसु

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १०

‘नेपालले वातावरणीय विनाश नगरेपनि क्षति भोग्नु पर्‍यो, विकसित देशसँग क्षतिपूर्ति माग्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता

दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए

रसुवा– नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण