लौरो टेक्दै उजुरी लिएर निर्वाचन आयोग पुगे नवराज सुवेदी (तस्बिरहरू) « Khabarhub

लौरो टेक्दै उजुरी लिएर निर्वाचन आयोग पुगे नवराज सुवेदी (तस्बिरहरू)


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएका वरिष्ठ नेता नवराज सुवेदी निर्वाचन आयोगमा उजुरी गर्न पुगेका छन् ।

नवराजलाई साथ दिँदै डा. धवल शमशेर राणालगायतका नेताहरू पनि आयोग पुगेका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदी पार्टीमा नरहेको निष्कर्ष निकाल्दै अनुशासन समितिबाट हटाएका थिए । उनको स्थानमा रोशन कार्कीलाई अध्यक्ष बनाइएको छ ।

आफू राप्रपाबाट अलग नभएको दाबी गर्दै अध्यक्षको कदमविरुद्ध सुवेदी आयोगमा उजुरी गर्न पुगेका हुन् ।

सुवेदीले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिएलगत्तै पत्रकार सम्मेलनमा राप्रपाको साधारण सदस्यता त्यागेको घोषणा गरेका थिए । उनले राप्रपामा लिखित राजीनामा भने बुझाएका छैनन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १२ : ०२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली