नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे « Khabarhub

नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकवि भानुभक्त आचार्यबाट भएको बताएका छन् ।

भानुभक्तको २१२औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्त रूपमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भाषा, साहित्य र संस्कृतिमा क्षेत्रमा भानुभक्तले गरेको योगदानकै कारण विश्वभर फैलिएका नेपाली भाषीले उनको सम्मान गर्ने गरेको बताए । नेपाली भाषालाई अझै विश्वस्तरमा लैजाने गरी काम गर्नुपर्नेमा पनि उनले जोड दिएका थिए ।

युवापुस्तामा भानुभक्तको विचार पुर्‍याउन अझै काम गर्नुपर्नेमा पनि सभामुख घिमिरेले जोड दिएका थिए । साहित्यका माध्यमबाट देश निर्माणमा योगदान गर्नेको सम्मान हुने वातावरणले नै यसको विकास सहयोग पुग्ने उनको भनाइ थियो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली भाषालाई आजको अवस्थासम्म ल्याउन भानुभक्तले गरेको योगदान महत्त्वपूर्ण रहेको बताए । नेपाली संसारका विभिन्न भू–भागमा फैलिएसँगै नेपाली भाषाको पनि विस्तार भएको उनले सुनाए । रामायणमार्फत नै भानुभक्तले नेपाली भाषालाई विश्वभर फैल्याएको मन्त्री पन्तको भनाइ थियो । 

प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियतामा तनहुँमा विभिन्न भाषाभाषीका आदिकविको प्रतिमालगायत संरचना बनाउन लागिनु सुखद रहेको बताए । 

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १ : ११ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।