आज २०८२ साल साउन २८ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन २८ गते बुधबारको राशिफल


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन २८ गते बुधबार। भाद्र कृष्ण पक्षको चतुर्थी तिथि।  तदनुसार सन् २०२५ अगष्ट १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः  

मेष : दिन सामान्य छ। काम गर्दा सचेत बन्नुपर्ने छ। व्यापारमा लगानी डुब्ने जोखिम छ। विरोधी सक्रिय भएकाले बोल्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा ढिलासुस्ती हुनेछ।  पश्चिमको यात्रा नगर्नु उचित हुन्छ।

वृष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ। साथीको साथ मिल्नेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ।

मिथुन : दिन सामान्य छ। बोलीकै कारण साथी टाढा पुग्नेछन्। आफ्नो मूल्यांकन गर्न नजान्दा खटपटी बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको फल प्राप्त होला।

कर्कट : दिन राम्रो छ। शिक्षाको लगानीमा नाफा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिमा सक्रिय हुनुहुन्छ भने महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य छ। मनमा चिन्ता बढ्ने जोखिम छ। काममा अवरोध सिर्जना हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। हरेक क्षेत्रमा सफलताका लागि थप मिहिनेत गर्नुपर्ने दिन छ।

कन्या : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ।  परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। साथीको साथले राजनीतिमा बढुवा हुने योग छ। राज्यको काममा नाफा आर्जन गर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन सामान्य छ। ठग सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुने जोखिम छ। आर्थिक क्षेत्रमा भने तपाईंले गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

वृश्चिक : दिन राम्रो छ। पढाइ र प्रेममा सफलता प्राप्त हुनेछ। मन प्रशन्न रहनेछ। रचनात्मक कलामा मन जानेछ। सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ। परिवारमा कर्तव्य मात्र पूरा गर्नु उचित हुन्छ।

धनु : दिन सामान्य छ। मन अशान्त रहनेछ। परिवारभित्र विवाद बढ्नेछ। राज्यको निगरानी रहेकाले हरेक काममा सचेत बन्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

मकर : दिन राम्रो छ। सहकर्मीसँगको सहकार्यले नाफा हुनेछ। मनमा सुख र सन्तोष प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। विपक्षीमाथि विजय प्राप्त गर्ने योग छ।

कुम्भ : दिन राम्रो छ। आज तपाईंको बोलीको प्रभावले काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। सोचेको काम सहजै बन्ने योग छ।

मीन : दिन राम्रो छ। बोलीमा भने नम्रता आवश्यक देखिन्छ। स्वास्थ्यमा देखिएको सुधारका लागि धार्मिक कार्यमा सहभागी हुनुपर्ने देखिन्छ। शिक्षा र राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ५ : ०८ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना