एमएफएन बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने  « Khabarhub

एमएफएन बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन)१७ मा बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रिपरिषदले प्रोत्साहन स्वरुप ढाँटलाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिए । यस्तै, ढाँटका प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिइने भएको छ ।

प्रधानमन्त्री ओलीले नेपाललाई पहिलो पटक उपाधि दिलाउन सफल भएकोमा ढाँटलाई फेरि पनि बधाई दिएका छन् ।

एक साताअघि भएको प्रतियोगितामा ढाटले भारतीय फाइटर चोङ्गरेङ्ग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिपको टाइटल जितेका थिए ।

यो ऐतिहासिक जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ९ : १८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको