समुद्रमा ९० प्रतिशत ‘सनफ्लावर सी स्टार’ मारिएपछि वैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्यो नयाँ ब्याक्टेरिया « Khabarhub

समुद्रमा ९० प्रतिशत ‘सनफ्लावर सी स्टार’ मारिएपछि वैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्यो नयाँ ब्याक्टेरिया


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०१३ मा उत्तरी अमेरिकाको प्रशान्त तटमा एउटा अनौठो रोग फैलियो । यसले लाखौं ‘सनफ्लावर सी स्टार’ को ज्यान लिएको थियो । सनफ्लावर सी स्टार समुद्री जीव स्टारफिसको एक प्रजाति हो । अहिले यो रोग मेक्सिकोबाट अलास्कासम्म फैलिएको छ । जसका कारण यस क्षेत्रमा पाइने समुद्री जीव केही दिनमै टाँसिने पदार्थमा परिणत हुन थालेका छन् ।

सी स्टार वेस्टिङ डिजिज (एसएसबिडी) भनिने यो रोगले ‘सनफ्लावर सी स्टार’ हरूलाई धेरै तहसनहस बनायो । उनीहरुको शरीर भाँचियो र तिनीहरूका अङ्गहरू पग्लन थाले । यसलाई समुद्रमा जंगली प्रजातिलाई असर गर्ने सबैभन्दा ठूलो रोग मानिन्थ्यो । यसलाई महासागरको १० ठूला रहस्यहरू मध्ये एक मानिएको थियो । विगत १० वर्षदेखि वैज्ञानिकहरू यो रोगको कारण के हो भनेर पत्ता लगाउने प्रयास गरे पनि सकिरहेका थिएनन् ।

तर, अब पाँच वर्षको कडा परिश्रम पछि वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोलीले यसको जवाफ फेला पारेको छ । यस अनुसन्धानमा धेरै देशका विश्वविद्यालय, सरकारी र गैरसरकारी संस्थाका विज्ञहरू संलग्न थिए। उनीहरूको मिहिनेतले यो रोग लाग्नुमा नयाँ ब्याक्टेरिया प्रमुख कारक रहेको पत्ता लागेको छ । उक्त ब्याक्टेरियाको नाम नाम ‘भिब्रियो पेक्टिनिसिडा’ हो ।

यी ब्याक्टेरिया तातो पानीको क्षेत्रमा फस्टाउँछ। मानव गतिविधि वा ग्लोबल वार्मिङका कारण समुद्रको पानी निरन्तर तातो हुँदै गएको छ, जसका कारण यी ब्याक्टेरिया पनि सजिलै बढ्दै गएका छन् ।

यो रोगले विशेष गरी ‘सनफ्लावर सी स्टार’ लाई सबैभन्दा बढी असर गर्छ । यो ‘सनफ्लावर सी स्टार’ संसारको सबैभन्दा ठूलो ‘सी स्टार’ हुन्, जुन साइकलको टायर जत्तिकै ठूलो हुन्छ भने यसका २४ वटा हात हुन सक्छ । यो एक शिकारी प्राणी हो, जसले समुद्रमा सन्तुलन कायम राख्छ । तर, यो रोगले ९० प्रतिशत ‘सनफ्लावर सी स्टार’ हरू नष्ट गरिदिएको छ । जसले गर्दा यो प्रजाति अहिले गम्भीर रूपमा लोपोन्मुख हुदैँ गएका छन् ।

‘सनफ्लावर सी स्टार’ हरूले समुद्रमा केल्प वनहरू जोगाउन मद्दत गर्छन् किनभने तिनीहरू समुद्री अर्चिनहरू खान्छन् । तर, जब ‘सनफ्लावर सी स्टार’ हरू मरे । अर्चिनहरूको संख्या बढ्यो र केल्प वनहरू नष्ट भयो । यसले महासागरको जैविक विविधतामा ठूलो क्षति पुर्‍याएको छ । माछा मार्ने र पर्यटनबाट हुने करोडौंको आम्दानी पनि प्रभावित भएको छ ।

समुद्रमुनिका केल्प वनहरूले महत्वपूर्ण कार्यहरू गर्दछ । यसले पानी शुद्ध गर्ने, किनारहरूलाई क्षयबाट जोगाउने र कार्बनलाई अलग गर्ने काम गर्छन् । यसले जलवायु परिवर्तनसँग लड्न मद्दत गर्दछ । तिनीहरूको विनाशले समुद्री पारिस्थितिकी प्रणालीमा ठूलो चोट पुर्‍याएको छ ।

वैज्ञानिकहरूलाई यो ब्याक्टेरिया पत्ता लगाउन धेरै गाह्रो भयो किनभने ‘विब्रियो पेक्टेनिसिडा’ को केही विशेष विशेषताहरूले यसलाई लुकाउन मद्दत गरेको थियो । यो ब्याक्टेरियालाई ब्रिटिश कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ता एमी चानले अलग गरेका थिए र यसलाई एफएचसिएफ–३ नाम दिएका थिए । यो ब्याक्टेरिया तातो पानीमा बढी सक्रिय हुन्छ र जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम बढ्दै जाँदा यो झन् खतरनाक हुन सक्छ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १ : ४२ बजे

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल