‘स्मार्ट’ शौचालयमा स्नान र स्तनपान कक्ष  « Khabarhub

‘स्मार्ट’ शौचालयमा स्नान र स्तनपान कक्ष 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक शौचालय भन्ने  बित्तिकै दिसा, पिसाब गर्ने स्थान भन्ने बुझिन्छ । यस्ता शौचालयमा पस्ने बित्तिकै नाक थुन्नुपर्ने पनि हुनसक्छ । 

अर्कोतर्फ, यस्ता शौचालयमा फरक क्षमता (अपाङ्गता), स्नान, स्तनपान कक्ष तथा स्यानिटरी प्याड तथा डाइपर फेर्ने सुविधा पाउनु त कल्पना बाहिर । तर आजदेखि कलङ्की नागढुङ्गा राजमार्गअन्तर्गत चन्द्रागिरि–१५ ढुङ्गेअड्डास्थित बस बिसौनी नजिक सञ्चालनमा ल्याइएको अत्याधुनिक (स्मार्ट) सार्वजनिक शौचालयमा ती सुविधा  छन् । 

उपत्यका बाहिरिन र भित्रिन सधैँ काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको सीमा क्षेत्र ढुङ्गेअड्डामा सधैँ भीडभाड हुने गर्दछ । यात्रु, सर्वसाधारण तथा बटुवाले सार्वजनिक शौचालयका अभावमा अत्यन्त सकस खेप्दै आएका थिए ।  

चन्द्रागिरि नगरपालिकाको सहकार्य, चन्द्रागिरि–१५ को सहजीकरण तथा एरोसान सस्टेनेवल स्यानिटेशनको करिब रु एक करोडको लागतमा सो ‘स्मार्ट’ शौचालय करिब दुईआना जमिनमा बनेको हो । यसको सञ्चालन तथा व्यवस्थापन सोही संस्थाले गर्ने जनाइएको छ । 

शौचालयमा रोग सङ्क्रमण न्यूनीकरणका लागि स्वचालित उपकरणजस्तै स्वचालित फ्लस, बत्ती, साबुन, धारा छन् भने अलग स्नानकक्ष र महिलाको लागि स्तनपान कक्ष तथा ‘स्यानिटरी प्याड’ किन्ने व्यवस्था गरिएको छ । नगर क्षेत्रमा पहिलोपटक वातावरण तथा महिलामैत्री शौचालय सञ्चालनमा आएको हो । 
 
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले एरोसान सस्टेनेवल स्यानिटशनेसँगका सहयोग र सहकार्यमा नगरका अन्य विभिन्न तीन स्थानमा यस्तै ‘स्मार्ट’ शौचालय बनाइने जानकारी दिए।  

चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेलले सर्वधारणाको चाप रहने स्थानमा शौचालयको सुविधा दिनुपर्ने स्थानीय सरकारको दायित्व र सर्वधारणाको हक समेत रहेको हुँदा एरोसान सस्टेनेवल स्यानिटेशनसँगका सहयोग र सहकार्यमा स्मार्ट शौचालय सञ्चालनमा ल्याएको बताए। 

उनले भने, “सर्वसाधारणले फोहर फाल्दै आएका स्थानलाई उपयोग गरेर  शौचालय बनाइएको र यसले ओगटेको क्षेत्र बाहिर हरियाली उद्यान बनाइने छ ।”  

शौचालयलाई वातावरणमैत्री बनाउन शौचालयबाट निस्केको ठोस तथा तरल पदार्थलाई स्रोतमै व्यवस्थापन गर्न बायोग्यास प्लाण्ट, आकाशेपानी सङ्कलन गरिने लक्ष्य रहेको एरोसान सस्टेनेवल स्यानिटेशनका कार्यक्रम अधिकृत अर्चना श्रेष्ठले जानकारी दिए । 

नेपालमा ‘स्मार्ट’ सार्वजनिक शौचालयको परिकल्पनाकार स्व प्रकाशचन्द्र अमात्य अवधारणाअनुसार सो ‘स्मार्ट’ शौचालय सञ्चालनमा ल्याइएको हो । उनी एसोसान नेपालका संस्थापक अध्यक्ष समेत थिए।  

एरोसान सस्टेनेवल स्यानिटेशनले काठमाडौँ र ललितपुर महानगरपालिकासँगका सहकार्यमा ती सहरका विभिन्न स्थानमा स्नानगृहसहितकोे नौवट ‘स्मार्ट’ शौचालय निर्माण तथा सञ्चालन गर्दै आएको छ । 
 

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  २ : २६ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा