कार्बन सञ्चितिवापत् नेपालले सन् २०२८ सम्ममा १० अर्बभन्दा बढी रुपैयाँ प्राप्त गर्ने
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा वन क्षेत्रको वृद्धि र कार्बन सञ्चितिमा उल्लेखनीय प्रगति भएको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा मन्त्री ठकुरीले सामुदायिक वन व्यवस्थापन संरक्षित क्षेत्रहरूको विस्तार र राष्ट्रिय वन क्षेत्रको वन नीतिको फलस्वरुप वन क्षेत्र वृद्धिमा सकारात्मक परिणाम देखिएको बताए ।
नेकपा माओवादी केन्द्रका सांसद प्रतिनिधि सभा सदस्य माधव सापकोटाले संसदमा गरेको प्रश्नको जवाफ दिँदै मन्त्री ठकुरीले सन् २०२८ भित्र नेपालले १० अर्बभन्दा बढी नेपाली रकम प्राप्त गर्ने गरी काम थालनी भएको बताए ।

प्रतिनिधि सभा सदस्य सापकोटाले प्रतिनिधि सभाको नियमावलीको नियम ४० को उपनियम १ बमोजिम आजसम्मको तथ्याङ्कमा नेपालको वनक्षेत्रले ढाकेको क्षेत्र कति प्रतिशत पुग्यो ? वनबाट कार्बन उत्सर्जन घटाएर कार्बन सञ्चितिवापत् नेपालले हालसम्म कहाँबाट कति रकम प्राप्त गरिसकेको छ ? लगायतका प्रश्न सोधेका थिए ।
वन तथा वातावरण मन्त्री ठकुरीले पछिल्लो तथ्याङ्क अनुसार नेपालको कुल भूभागको करिब ४५.३१ दशमलव वन क्षेत्रले ओगटेको बताए ।
‘जसमा अदरवुडेड ल्याण्ड समेत समावेश हुँदा यो करिब ४६.०८ प्रतिशत पुगेको छ । सामुदायिक वन व्यवस्थापन संरक्षित क्षेत्रहरूको विस्तार र राष्ट्रिय वन क्षेत्रको वन नीतिको फलस्वरुप वन क्षेत्र वृद्धिमा सकारात्मक परिणाम देखिएको छ ।’ संसदमा प्रश्नको उत्तर दिँदै मन्त्री ठकुरीले भने, ‘वन क्षेत्रको विस्तारसँगै कार्बन सञ्चितिमा समेत उल्लेखनीय उपलब्धी हाँसिल भएको छ ।’
मन्दाकिनी हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, अयोगबाट पायो अनुमति
एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल ‘सङ्ग्रहालय’ विमोचन
विलासिता कर हटाउने मागसहित सुनचाँदी व्यवसायीको टोली प्रधानमन्त्रीसँग
साढे १० अंकले घट्यो नेप्से, कारोबार ६ अर्बमा सीमित
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.५० अंकले घटेको छ । बुधबार नेप्से ०.३७ प्रतिशतले घटेर २७८५.५७ विन्दुमा पुगेको छ ।

नेप्से घट्दा ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा ८९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
दिनभरमा ३२१ वटा कम्पनीको शेयर ७० हजार ९९ पटक बिक्री भएको छ ।
वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल
प्रभु बैंकको नाफा ९६५ प्रतिशत बढ्यो
छिमेक लघुवित्तको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
कर्णालीको अदुवा र बेसार युरेपेली मुलुकमा निर्यात
नेपाल वायुसेवा निगमको २३ ठाउँमा जग्गा, कहाँ कति ?
व्यावसायिक क्षेत्रमा अब्बल प्रदर्शन गर्न नसकिरहेको नेपाल वायुसेवा निगम जग्गाको स्वामित्वमा भने दर्जनौँ ठाउँको जमिनको मालिकका रूपमा रहेको देखिएको छ । निगमको नाममा काठमाडौं उपत्यका सहित विभिन्न २३ ठाउँमा ६० रोपनी भन्दा धेरै जमिन रहेको पाइएको हो ।

आर्थिक वर्ष ०८१/८२ को असार मसान्तसम्मको तथ्यांकअनुसार वायु सेवा निगमसँग काठमाडौं उपत्यकाभित्र मात्रै ६९ रोपनी ४ आना भन्दा धेरै जग्गा रहेको छ । जसमध्ये निगमको केन्द्रीय कार्यालय रहेको कान्तिपथ न्युरोडको जग्गाको क्षेत्रफल १४ रोपनी ७ आना १ पैसा १ दाम रहेको छ ।
त्यस्तै, काठमाडौंको सिनामंगलमा निगमको नाममा ३४ रोपनी १३ आना १ पैसा २ दाम जग्गा ९ वटा कित्तामा रहेको छ भने कुलेश्वरमा २७१.०८ वर्गमिटर जग्गा भवन सहित रहेको छ ।
२५ अर्ब रुपैयाँ निक्षेप झिक्दै राष्ट्र बैंक
१० वाणिज्य बैङ्कको वित्तीय विवरण : खराब कर्जा घटेसँगै नाफामा वृद्धि
प्रतिक्रिया