‘पत्रकार र सञ्चार संस्थाहरुमाथिको आक्रमण अस्वीकार्य’   « Khabarhub

‘पत्रकार र सञ्चार संस्थाहरुमाथिको आक्रमण अस्वीकार्य’  


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हालै उत्पन्न अशान्तिको क्रममा पत्रकार तथा मिडिया संस्थाहरूलाई लक्षित गर्दै भएका हिंसात्मक कार्यहरूको दक्षिण एसिया पत्रकार महासंघले निन्दा गरेको छ ।

महासंघले एक विज्ञप्ति जारी गदै धम्की, शारीरिक आक्रमण, मनमानी नजरबन्द, र पेशागत कार्यमा अवरोधलाई प्रेस स्वतन्त्रता र जनताको सूचनाको अधिकारमाथिको प्रत्यक्ष हमला भनेको छ।

संघका अध्यक्ष गीतार्थ पाठकले पत्रकारहरूको सुरक्षा र सम्मान सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘मिडियामाथिको आक्रमणले लोकतन्त्र, सत्य र जवाफदेहिताको आधारलाई कमजोर बनाउँछ।’ उनले नेपाल सरकारलाई पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल र निर्णायक कदम चाल्न आह्वान समेत गरेका छन् ।

महासचिव शकील अहमदले पत्रकारहरूमाथिको आक्रमण गर्नेहरूलाई तत्काल जवाफदेही बनाइनुपर्ने र दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिए । उनका अनुसार, पत्रकारहरूले विशेषगरी सङ्कटको समयमा स्वतन्त्र र निर्भय रूपमा काम गर्ने वातावरण पाउनु अत्यावश्यक छ।

महासंघका वरिष्ठ उपाध्यक्ष शिव लम्सालले सरकारसँग पत्रकारमाथि निर्वाध रूपमा समाचार सङ्कलन गर्ने वातावरण सिर्जना गर्न आग्रह गरे । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको कुनै पनि आक्रमण अस्वीकार्य रहेको उनको भनाइ छ ।

महासंघले मिडियालाई प्रमाणित र तथ्यमा आधारित समाचार मात्र प्रकाशन गर्न र गलत सूचना रोक्न आग्रह गरेको छ । साथै, नागरिक समाज, राजनीतिक दल र सुरक्षाकर्मीहरूलाई पत्रकारको अधिकार र स्वतन्त्रताको सम्मान गर्न अपिल गरिएको छ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ११ : ४२ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्