भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’ « Khabarhub

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’


२८ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारले जस्तापाताको छानो पाएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण छानो फेर्न नसकेको एक सय आठ परिवारले जस्तापाताको छानो पाएका हुन् ।

जस्तापाताको छानो वितरणसँगै वडा फुसको छानोमुक्त भएको छ । आगलागी जस्ता घटनाबाट बचाउँदै वडा क्षेत्रको सुन्दरतासँगै बस्तीमा एकरूपता ल्याउने लक्ष्यले गरिब तथा विपन्न परिवारलाई जस्तापाताको छानो दिइएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए ।

विभिन्न आर्थिक वर्षमा वडाले बजेट विनियोजन गरेर ४३ परिवार र सघन शहरी कार्यालयबाट ६५ परिवार गरी एक सय आठ परिवारलाई जस्ताको छानो वितरण गरिएको उनको भनाइ छ । ‘हाम्रो वडा फुसको छानोमुक्त बनेको छ,’ वडाध्यक्ष नेपालले भन्नुभयो, ‘यहाँका गरिब तथा विपन्न एक सय आठ परिवारको छानो फेरेका छौँ । जस्ताको छानो फेरेसँगै स्थानीयलाई सहजता भएको छ ।’

गरिवीका कारण वर्षौँबाट खरको चुहिने घरमा बस्दै आएको अवस्थामा जस्तापाताको छानो पाउँदा सहजता भएको स्थानीयवासी चिनामाया भारतीले बताइन् ।

चुहिने घरमा कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले छानो दिएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयवासी कृष्ण गिरीले बताए । घरमा जस्तापाताको छानो लगाएकोले बर्सेनी छानो फेर्नुपर्ने वाध्यताको अन्त्य भएको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ७ : ३८ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी