बन्दुकको बलमा गणतन्त्रको हत्या गरियो : भुपेन्द्रजंग शाही « Khabarhub

बन्दुकको बलमा गणतन्त्रको हत्या गरियो : भुपेन्द्रजंग शाही


२८ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले षड्यन्त्रको  चक्रव्यूह रचेर बन्दुकको बलमा असंवैधानिक ढङ्गले संसद विघटन गरिएको जिकिर गरेका छन् । 

उनले हजारौँ नेपालीको बलिदानबाट प्राप्त संविधान र जनताको मतद्वारा निर्वाचित संसदलाई सेनाको बन्दुकको बलले हत्या गरिएको भन्दै संसद विघटनप्रति घोर भर्त्सना गरेका छन् ।

शाहीले शहीदहरूको रगतबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई षड्यन्त्रपूर्वक समाप्त गरी निरङ्कुशता लादिएको ठहर गरेका छन् ।

उनले जेन–जीको आन्दोलनमा घुसपैठ गर्नेहरूले सार्वजनिक सम्पत्ति तोडफोड गर्दा, बैङ्कहरू लुट्दा र आफ्नै परमाधिपति राष्ट्रपतिको कार्यालय जल्दासमेत मुकदर्शक भएर बस्नुले गम्भीर षडयन्त्र पुष्टि भएको जनाएका छन् । 

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ९ : ५१ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी