अखिल अध्यक्ष कडरियाको फोटो फुटालियो, नेमप्लेट जलाइयो  « Khabarhub

अखिल अध्यक्ष कडरियाको फोटो फुटालियो, नेमप्लेट जलाइयो 


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाल)को भ्रातृ संगठन अनेरास्ववियुको केन्द्रीय कार्यालयमा राखिएको अध्यक्ष डा. सुजन कडरियाको तस्बिर फुटालिएको छ । शनिबार कार्यालयमा राखिएको उनको तस्बिर फुटाल्दै नेमप्लेट जलाइएको छ । 

अध्यक्ष कडरियाले जेन–जी पुस्ताको आन्दोलन सुरू भएकै दिन भदौ २३ मा पदबाट राजीनामाको घोषणा गरेका थिए । उनले आन्दोलन शान्त भएपछि राजीनामा फिर्ता लिएका थिए । कडरियाले ‘ज्यान जाने डरले मात्रै राजीनामा दिएको हुँ’ भनेका थिए ।  

आन्दोलन चर्किँदा राजीनामा दिने र शान्त भएपछि फिर्ता लिने कडरियासँग असन्तुष्ट अनेरास्ववियुका नेता–कार्यकर्ताहरू पूर्वअध्यक्षको सूचीमा उनको नाम र तस्बिर नराख्न माग उठाइरहेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  २ : १८ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका