हेटौँडामा जनजीवन सामान्य बन्दै « Khabarhub

हेटौँडामा जनजीवन सामान्य बन्दै


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– स्थानीय प्रशासनले निषेधाज्ञा र कर्फ्यु हटाएपछि आज बिहानबाटै हेटौँडालगायत बजारको जनजीवन सामान्य बन्दै गएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले आज बिहान सूचना जारी गर्दै बिहान १० बजेबाट निषेधाज्ञा र कर्फ्यु हटाएका हुन् । 

निषेधाज्ञा र कर्फ्यु हटेसँगै बजार, पसल खुलेको छ भने बजारमा चहलपहल बढेको छ । जेन-जीको प्रदर्शनका कारण मुलुकको असहज परिस्थितिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले यही भदौ २६ गतेदेखि मकवानपुर जिल्लाभरि निषेधाज्ञा र कर्फ्यु जारी गरेको थियो ।

आन्दोलनकारीहरूले हेटौँडास्थित डेढ दर्जन सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । 

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  २ : ३६ बजे

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै