सुशीला कार्कीको नियुक्ति संविधानविपरीत : जनमोर्चा  « Khabarhub

सुशीला कार्कीको नियुक्ति संविधानविपरीत : जनमोर्चा 


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकोभन्दै आपत्ति जनाएको छ । 

नियुक्ति भएको २४ घण्टा नपुग्दै जनमोर्चाले शनिबार विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलले संविधानविपरीत काम गरेको भन्दै आपत्ति जनाएको हो । 

‘राष्ट्रपतिद्वारा सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकार संसद् बाहिरबाट गठन गरेको हुनाले राष्ट्रपतिको उक्त कार्यको हामीले विरोध गर्दछौँ,’ अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिच्ने काम भएको छ ।’

कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो काम प्रतिनिधिसभालाई भङ्ग गर्ने भएको भन्दै जनमोर्चाले सरकारको निर्णयप्रति विरोध जनाएको छ । 

‘जेन–जी आन्दोलनका अगुवाहरूले संसद्को विघटनलाई पूर्वशर्त बनाएका थिए, जुन गलत थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूका गलत मागका विरुद्ध राष्ट्रपतिले अडान लिन नसकेको नै स्पष्ट हुन्छ । संसद्को विघटन नेपाली जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण हो ।’

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ३ : ३४ बजे

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण

गुणस्तरहीन खाना बेच्ने होटल–रेस्टुरेन्टलाई गृह मन्त्रालयले हदैसम्मको कारबाही गर्ने

काठमाडौं- मुलुकमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र