सुशीला कार्कीको नियुक्ति संविधानविपरीत : जनमोर्चा  « Khabarhub

सुशीला कार्कीको नियुक्ति संविधानविपरीत : जनमोर्चा 


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकोभन्दै आपत्ति जनाएको छ । 

नियुक्ति भएको २४ घण्टा नपुग्दै जनमोर्चाले शनिबार विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलले संविधानविपरीत काम गरेको भन्दै आपत्ति जनाएको हो । 

‘राष्ट्रपतिद्वारा सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकार संसद् बाहिरबाट गठन गरेको हुनाले राष्ट्रपतिको उक्त कार्यको हामीले विरोध गर्दछौँ,’ अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिच्ने काम भएको छ ।’

कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो काम प्रतिनिधिसभालाई भङ्ग गर्ने भएको भन्दै जनमोर्चाले सरकारको निर्णयप्रति विरोध जनाएको छ । 

‘जेन–जी आन्दोलनका अगुवाहरूले संसद्को विघटनलाई पूर्वशर्त बनाएका थिए, जुन गलत थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूका गलत मागका विरुद्ध राष्ट्रपतिले अडान लिन नसकेको नै स्पष्ट हुन्छ । संसद्को विघटन नेपाली जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण हो ।’

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ३ : ३४ बजे

किन महँगिँदै छन् स्मार्टफोन ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अक मात्र होइन। यो उत्पादन

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र