दसैँअघि चितवनको इच्छाकामना गाउँपालिका कार्यालय सञ्चालनमा नआउने « Khabarhub

दसैँअघि चितवनको इच्छाकामना गाउँपालिका कार्यालय सञ्चालनमा नआउने


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– जेनजीका नाममा भएको प्रदर्शनमा भदौ २४ गते भएको आगजनी र तोडफोडका कारण चितवनको इच्छाकामना गाउँपालिकामा ठूलो क्षति पुगेको छ ।

गाउँपालिकाले शुक्रबार गरेकोे अनुगमनका क्रममा करिब रु पाँच करोड बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ चढ्ने स्कोरपियो गाडी, उपाध्यक्ष माया सिलवाल चढ्ने महिन्द्रा बलेरो गाडी र चालु हालतमा नरहेको मारुती गाडी गरी तीन थान गाडी जलेर पूर्ण रुपमा नष्ट भएको छ भने तीन वटा मोटरसाइकल जलेर नष्ट भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

उनका अनुसार पालिका प्राङ्गणमा नै रहेको एक थान जेसिबी र एक थान टिप्पर गाडीमा क्षति पुगेको छ । गाउँपालिकाको प्रशासनिक भवनको सबै झ्यालको सिसा फुटाउनुका साथै हरेक शाखाको फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत जिन्सी सामग्रीको तोडफोड र कागजपत्र जलाएर नष्ट पारिदिएको छ भने वडा नं. ४ को कार्यालयको माथिल्लो तलामा रहेको कृषि र पशुशाखाका सम्पूर्ण सामग्री, कागजपत्र, प्रयोगशालाको मेसिन कामै नलाग्ने गरी तोडफोड र आगजनी भएका छन् ।

इच्छाकामना गाउँपालिकाको सात वटा वडाहरुमध्ये दुई वटा वडामा ठूलो क्षति पु¥याएको छ । गाउँपालिकासँगै रहेको वडा नं। ४ को कार्यालयको भित्रि भागमा क्षति नपु¥याए पनि झ्यालमा क्षति पुगेको छ भने वडा कार्यालयको माथिल्लो दुई तलामा पूर्ण क्षति पु¥याएको छ ।

यस्तै हपनीमा रहेको वडा नं. २ को कार्यालयमा रु करोडभन्दा बढी क्षति पुगेको छ । हाल रहेको वडा कार्यालयभित्रै आगजनी गरिदिएका कारण कार्यालयभित्र रहेको सम्पूर्ण जिन्सी सामान र कागजपत्र पूर्ण रुपमा जलेर नष्ट भएको छ भनेसँगै बनाएको उद्घाटन गर्न बाँकी रहेको नवनिर्मित कार्यालय भवनमा पनि क्षति पुगेको छ ।

आन्दोलनकारीले कार्यालय तोडफोडका क्रममा एक जना कर्मचारीलाई कुटपिट गरेका थिए । कार्यालयको आइटी शाखामा कार्यरत शाखा प्रमुख श्रीराम त्रिपाठीलाई आन्दोलनकारीले कुटपिट गरेका थिए । कुटपिटबाट त्रिपाठीको टाउकोमा चोट लागेको छ ।

विध्वंसबाट भएको क्षतिले तत्काल कार्यालयको सेवा सञ्चालन गर्न नसकिने अवस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । उनले दसैँअघि कार्यालयको सेवा सञ्चालन गर्न सकिने अवस्था नरहेको बताए ।

“कार्यालयका सबै कम्प्युटर, प्रिन्टर, फर्निचर, कागजपत्र जलेर नष्ट भएका छन् भने भवनलाई पूर्ण मर्मत नगरी सेवा दिन सक्ने अवस्था छैन, यसैले सेवा सञ्चालन गर्न कम्तीमा महिना दिनभन्दा बढी लाग्ने देखिन्छ”, उनले भने । यद्यपि सकेसम्म छिटोभन्दा छिटो कार्यालयको सेवा सञ्चालन गर्ने गरी शुक्रबारदेखि नै काम थालिएको उनले बताए ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ३ : ३८ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले