खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु « Khabarhub

खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । 

आज बिहान जितिया पर्वको (नहायखाय)पर्वका लागि आमासँगै लाल बकैया नदीको सबगढामा नुहाउन गएकी गौर–६ बस्ने बैजु साहकी १० वर्षीया करिश्मा साहको डुबेर मृत्यु भएको हो । 

खोलामा नुहाउने क्रममा बिहान करिब १० बजे डुबेर बेपत्ता भएकी बालिकाको शव दिउँसो करिब १ बजे भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । 

नुहाउने क्रममा बालिका डुबी बेपत्ता भएको खबर पाउनासाथ अस्थायी प्रहरी पोष्ट, बसपार्कका प्रहरी सहायक निरीक्षक प्रमोदप्रसाद यादव र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनीको नेतृत्वमा गएको टोलीले खोजी गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ३ : ४७ बजे

किन महँगिँदै छन् स्मार्टफोनछन् ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अक मात्र होइन। यो उत्पादन

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र