केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल « Khabarhub

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको छ । नेपाली कांग्रेसका नेता अभिषेक प्रताप शाहले दर्ता गर्न लागेको जाहेरी नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा दर्ता हुन अलमल भएको हो ।

जेनजी प्रदर्शनका क्रममा आगजनीबाट प्रहरी वृत्तको कार्यालयमा क्षति पुगेकाले जाहेरी दर्तामा अलमल भएको हो ।

यसअघि प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मौखिक आदेश कार्यान्वयन गर्दै जेनजीको प्रदर्शनमा गोली चलाउँदा प्रदर्शनकारी युवाहरुको ज्यान गएको भन्दै शाहले जाहेरी दिने तयारी गरेका थिए ।

उनले शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु नागरिकको प्रजातान्त्रिक अधिकार रहेको भन्दै आफ्नो प्रजातान्त्रिक अधिकार उपयोग गर्ने निहत्था प्रदर्शनकारीमाथि गोली हानिएको शाहको दाबी छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ७ : ३० बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका