जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु « Khabarhub

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्ने क्रममा जलेका एक जना पुरुषको आज मृत्यु भएको छ । यही भदौ २४ गते साँझ प्रदर्शनकारीहरूले जिप्रकामा तोडफोड तथा आगजनी गरेका थिए ।

सो घटनामा संलग्न रहेका चितवनको भरतपुर महानगरपालिका–१० स्थायी घर भई हाल पोखरा –१६ मा मजदुरी गरी बस्ने ४३ वर्षीय विजय तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार आगो लगाउने क्रममा आफैँ जलेर घाइते भएका तामाङलाई उनकै साथीले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेका थिए । पोखरामा जेनजी प्रदर्शनका क्रममा हालसम्म तीन जनाले ज्यान गुमाएका प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । यसअघि दुई महिलाको प्रदर्शनकारीले आगजनी गर्दा जलेर मृत्यु भएको थियो ।

पोखरा नयाँबजारमा रहेको हिमालय अर्गनाइजेसनको अटोसोरुम र लेकसाइडमा रहेको अंशुभरा स्क्वायरमा एकरएक जना महिला जलेर निधन भएको अवस्थामा शव फेला परेको थियो । निज दुवै जना कामदार थिए ।

जिल्ला प्रहरी कार्यालयले भने सुरक्षाकर्मीको बल प्रयोगबाट अहिलेसम्म कसैको पनि ज्यान नगएको जनाएको छ । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, बगर तथा विभिन्न प्रहरी पोष्टहरूमा आगजनी गरेका छन् ।प्रहरी नायब उपरीक्षक बस्नेतले क्षति पुगेका प्रहरी चौकी तथा पोष्टहरूको सरसफाइ गरी सेवा सुरु गर्न लागिएको जानकारी दिए ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १० : २४ बजे

पोर्चुगलको टोली घोषणा : छैटौं पटक विश्वकपको मैदानमा उत्रिँदै ४१ वर्षीय रोनाल्डो

लिस्बन- प्रशिक्षक रोबर्टो मार्टिनेजले आगामी महिना हुन लागेको विश्वकप फुटबलका

महोत्तरी कारागारका दुई सय ५० कैदीबन्दी अझै फरार

जलेश्वर–  ‘जेन-जी’ आन्दोलनको मौका छोपी २०८२ साल भदौ २४ गते

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौं– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको