‘बलिदान’ र समीरको ‘हाइप’ बढाउन सन्तोषले दिएको करोडको गफ | Khabarhub Khabarhub

‘बलिदान’ र समीरको ‘हाइप’ बढाउन सन्तोषले दिएको करोडको गफ


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘बलिदान’ले बक्स अफिसबाट लगानी उठाउने सम्भावना निकै न्यून बन्दै गएको निर्माता तथा निर्देशक सन्तोष सेनले स्वीकारेका छन् । उनले विभिन्न अन्तर्वार्तामा नै यस्तो अभिव्यक्ति दिएका हुन् ।

फिल्मले सुरुवाती व्यापार कमजोर गरेसँगै यसको ग्रस कलेक्सन अपेक्षित नहुने विश्लेषण सुरु भएको थियो ।

सुरुमा सन्तोष र फिल्मका नायक समीर भट्ट भने फिल्मको व्यापार ठीकठाक रहेको दाबी गर्दै आएका थिए । अहिले सन्तोष भने झूटो दाबी गर्न थाकेका छन् । समीर अन्तर्वार्ता दिँदै हिँड्न छाडेका छन् ।

समीर उनै नायक हुन् जो फिल्म प्रदर्शनअघि मिडियासँग दूरी बनाएका थिए । सुरुवाती व्यापार न्यून देखिएपछि उनी फिल्म प्रचारका लागि विभिन्न युट्युब च्यानललाई दैनिक अन्तर्वार्ता दिँदै हिँडे । सायद अहिले समीरले अन्तर्वार्ता दिन बाँकी कुनै युट्युब च्यानल छैन ।

चलचित्र विकास बोर्डका अनुसार ‘बलिदान’ले सुरुवाती ११ दिनमा चार करोड ४२ लाख ग्रस कलेक्सन गरेको छ । सन्तोषले यो फिल्मको लगानी नै पाँच करोड दाबी गरेका थिए । यदि उनको दाबी सत्य भए यो फिल्मले बक्स अफिसबाटै लगानी उठाउने सम्भावना निकै कम छ । किनभने बक्स अफिसबाट पाँच करोड लगानी उठ्न कम्तीमा पनि १२ करोड ग्रस कलेक्सन हुनुपर्छ ।

तर, यो फिल्म र हिरोको हाइप बढाउन सन्तोषले कुनै कसर बाँकी राखेका थिएनन् । फिल्मको हाइप बनाउन उनले ठूलो लगानी भएको बताएका थिए । समीरको हाइप बढाउन उनले मेकरहरू महँगो पारिश्रमिक दिन आएको झुट बोलेका थिए ।

एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘अहिले डेढ करोड नै गाँठ बोकेर गएका छन् समीरलाई दिन भनेर । अब के भन्ने त त्यहाँ । उसले वर्षमा तीन वटा फिल्म खेलेर डेढडेढ करोड लिँदा पनि भयो नि त । तर, उसले खेल्दैन । किनभने ऊ क्वालिटी सिनेमा दिने सोचमा छ ।’

बलिदानकै हल भिजिटका क्रममा सन्तोषले यो झुट बोलेको पुष्टि भएको हो । जब, सन्तोषसँगै उभिएका समीरलाई सोधियो, ‘तपाईंलाई करोडौँ पारिश्रमिक दिन आएका छन् रे हो ?’

समीरले यो कुरा आफूलाई थाहा नभएको जवाफ फर्काए । उनले अगाडि भने, ‘मलाई आएको छैन । कतै कोहीसँग कुरा भयो होला । मसम्म चाहिँ आएको छैन । न मैले एक करोड डिमान्ड नै गरेको छु ।’

समीरको जवाफपछि सन्तोष हाँस्छन् । आफ्नो पुरानो झुटलाई सत्य दाबी गर्न उनी भन्छन्, ‘यो मैले पनि सुनेको हल्ला हो । प्रत्यक्ष हामीले भेटेका छैनौँ । हल्लाकै कुरा हो ।’

अब प्रश्न उठ्छ- करोडौँ पारिश्रमिक दिन तयार मेकर समीरसँग पुग्न सक्दैन थिए होलान् ?

अहिले सामाजिक सञ्जालमा यो भिडियो भाइरल भएको छ । झुट बोलेको भन्दै सन्तोषलाई कमेन्टमा दर्शकले गाली गरेका छन् ।

पहिला नगद (गाँठ) नै लिएर मेकरहरू प्रस्ताव गर्न गएको दाबी गर्ने सन्तोषको बोली समीरको अगाडि फेरियो । पहिला सन्तोषले प्रस्ताव मात्रै गरेको दाबी गरेका थिएनन् समीरले उनीहरुको फिल्ममा अभिनय नगर्ने कारण पनि देखाएका थिए ।

सन्तोषले यो झुट किन बोले होलान् ? यसको जवाफ प्रष्टै छ । कि सन्तोषले ‘बलिदान’को हाइप बढाउन समीरको पारिश्रमिकबारे झुट बोलेका हुन् कि त, पारिश्रमिकको फन्डाले समीरलाई थप चर्चामा ल्याउन लागेका हुन् । जसले फिल्मको प्रचारमै सहयोग पुग्ने उनको आशय हुन सक्छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : ३३ बजे

बेल्जियमको एन्त्रोपमा दसैँ-तिहार र छठको शुभकामना कार्यक्रम आयोजना 

बेल्जियम– बेल्जियमको एन्त्रोपमा दसैँ, तिहार,नेपाल सम्वत, छठ र ल्होसार पर्वको

अनलाइनबाटै जलेका कागजात पुनः प्राप्त गर्न सकिने

काठमाडौं– गत भदौ २३ र २४ गते ‘जेन-जी’ युवाहरूको आन्दोलनका

मुख्यमन्त्री कार्यालयको सभाहलबाट प्रदेशसभाको बैठक

बागमती– बागमती प्रदेशसभाको बैठक हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट

नर्सिङको तलब सरकारी सरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई सुम्पिएका सात बन्धक

काठमाडौं- गाजास्थित विद्रोही समूहले हमासले मुक्त गरेका सातजना इजरायली बन्धक