रोक्नै पर्ने जिद्दी गर्दैछन् ओली : पर्ख र हेरको अवस्थामा भण्डारी | Khabarhub Khabarhub

रोक्नै पर्ने जिद्दी गर्दैछन् ओली : पर्ख र हेरको अवस्थामा भण्डारी

विश्लेषक भन्छन् : ओलीको मपाईं नरोके एमाले विभाजित हुन्छ



काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको रोकिएको सदस्यता नवीकरणबारे नेकपा एमालेले आइतबारको सचिवालय बैठकमा पनि कुनै निर्णय गरेन । बैठकमा नेताहरूले भण्डारीको सदस्यताको विषय उठाए पनि अध्यक्ष ओलीले छलफल नगर्ने भन्दै रोकेका छन् ।

उनले केन्द्रीय कमिटीमा उठेको विषय भएकाले त्यसैले यसलाई सुल्झाउने भनेर टारिदिए । एमालेको १० औँ केन्द्रीय कमिटी बैठक असोज २८ देखि ३१ गतेसम्म बस्ने छ । यसअघि नवौँ केन्द्रीय कमिटी बैठक साउन ५ र ६ गते राखेर ओलीले भण्डारीको नवीकरण भइसकेको सदस्यता पनि रोकिदिएका थिए ।

शुकबारको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले पूर्व राष्ट्रपतिलाई पार्टीमा ‘वेलकम’ गरेर जानुपर्ने बताए । उनले स्वच्छ छविको नेतृत्व आवश्यक रहेकाले भण्डारीको सदस्यता नवीकरण गरेर उपयुक्त जिम्मेवारी दिनुपर्ने माग ओलीसँग राखे ।

यता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे लगायतले यसबारे बोले । अझै प्रस्ट शब्दमा कुरा राख्दै उपाध्यक्ष पौडेलले विद्या पार्टीमा फर्किए अहिले कार्यकर्तामा देखिएको निराशा हट्ने तर्क गरे ।

तर उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य र गुरु बरालले सदस्यता नवीकरण गरेर पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन ठिक नहुने बताएका थिए।

शाक्यको भनाइ उद्धृत गर्दै एमालेका एक पदाधिकारीले खबरहबलाई भने, ‘नयाँ अनुहार खोजिरहेका बेला उहाँ पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गरेर पार्टीमा के ऊर्जा भर्न सक्छौँ ? सडकले नयाँ भनिरहेको छ, हामी पुरानालाई आउँ ल्याउने भन्दैछौं ।’

शाक्यmले अगाडि भनिन्, ‘हामी पुराना नेतालाई बिदा गर्ने भन्दैछौं तर किन उनैलाई पार्टीमा फर्काइरहने ? भण्डारीजी राजनीतिमा आएर पार्टीमा थपिने ऊर्जाको पनि त विश्लेषण गर्नुपर्‍यो नि ।’

उनीसँगै उपाध्यक्ष गुरु बराल पनि बोले । उनले भण्डारीको सदस्यता नवीकरणले पार्टीलाई कुनै फाइदा नहुने तर्क गरे । उता ओलीनिकट उपमहासचिव प्रदीप ज्ञवालीले पनि भण्डारीको सदस्यता रोक्नु नै उचित हुने घुमाउरो कुरा गरे ।

तयार भएनन् ओली

अहिले एमालेमा पूर्वराष्ट्रपति भण्डारी पक्ष बलियो हुँदै गएको छ । कारण, अध्यक्ष ओलीको बढ्दो अलोकप्रियता। भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि त ओली पूरै रक्षात्मक छन् ।

अहिले नेताहरू उनीविरुद्ध खनिन थालेका छन् । तर ओली भने भण्डारीको सदस्यता रोक्ने जिद्धिमै टिकेका छन् । हरेक सचिवालय बैठकमा भण्डारीको सदस्यता नवीकरण गर्ने विषय उठे पनि अध्यक्ष ओली तयार हुँदैनन् ।

‘अध्यक्षज्यू नवीकरण गर्न तयार हुनुहुन्न । पहिलाको निर्णय जे हो अहिले त्यही हो भन्नुहुन्छ’, अर्का पदाधिकारीले भने, ‘हिजो–अस्ति पनि कुरा उठेको उठ्यै छ । आइतबार बोलेका विष्णु रिमालबाहेक सबैले नवीकरण हुनुपर्छ भन्नुभयो ।’

आइतबार बोलेका नेता सचिवहरू गोकर्ण विष्ट, पद्मा अर्याल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा योगेस भट्टराई, उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गर्नुपर्ने कुरा उठाए ।

उनीहरूले तल्लो तहका कार्यकर्ता पनि निराश भएकाले सदस्यता नवीकरण गरेर जानुपर्ने बता । नेताहरू भण्डारी राजनीतिमा फर्किए एमालेको सपना र समृद्धिको यात्रामा सहज बाटो बताइरहेका छन्।

तर ओलीले अहिले छलफल नै गर्नु नपर्ने कुरामा नेताहरू लागेको बताउँदै भण्डारीको सदस्यता नवीकरणबारे केन्द्रीय कमिटी बैठकले निर्णय गरेकाले त्यही सत्य भएको बताइरहेका छन् । उनले केन्द्रीय कमिटीको निर्णय सचिवालय बैठकले उल्ट्याउन नहुने भन्दै यसबारे छलफल रोक्न भनिरहेका छन् ।

विद्या नरोकिने

विद्या आगामी केन्द्रीय कमिटी बैठकबाट आफ्नो सदस्यता नवीकरण हुने कुरामा विश्वस्त छिन् । उनी त्यसबेलासम्म पर्ख र हेर रणनीतिमा छिन् ।

यदि त्यहाँबाट पनि सदस्यता नवीकरण नभए उनीले छुट्टै पार्टी दर्ता गरेर अगाडि बढ्ने योजना उनको छ । एक सहयोगीले खबरहबलाई भने, ‘उहाँ सबै परिस्थिति नियालिरहनु भएको छ । अबको केन्द्रीय कमिटी बैठकपछि उहाँ निष्कर्षमा पुग्नुहुन्छ, हामीलाई आशा छ, सदस्यता नवीकरण हुन्छ ।’

उनले आगामी महाधिवेशनसम्म राजनीतिमा फर्किन ओलीले रोके अर्को विकल्पमा जाने तयारीमा रहेको स्रोत बताउँछ । एमालेको ११ औँ महाधिवेशन मङ्सिर अन्तिम साता हुने मिति आइतबार तय भएको छ ।

पक्ष र विपक्षमा नेताहरू

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भण्डारीको सदस्यता नवीकरण नभए पार्टीको आकार खस्किने बताउँछन् । उनलाई राजनीतिमा आउन नेताहरूले रोक्न नहुने तर्क उनी गर्छन् । पोखरेल विगतबाटै भण्डारीको सदस्यता नवीकरण हुनुपर्ने पक्षमा छन् ।

यता महासचिव पोखरेल भण्डारीलाई कुनै हालतमा रोक्ने पक्षमा छन् । उनी सम्मानित ओहोदामा रहेको व्यक्ति राजनीतिमा फर्किएर कुनै ऊर्जा नथपिने बताउँछन् ।

युवा नेता पर्वतराज भण्डारी भण्डारीको सदस्यता नवीकरण नगरे आगामी निर्वाचनमा पार्टीलाई ठूलो क्षति हुने बताउँछन् । उनी पहिला ओलीले नै भण्डारीको सदस्यता रिन्यु हुने सङ्केत गरेर पछि एक्लिने डरले रोकेको बताउँछन् ।

भण्डारीले खबरहबलाई भने, ‘पार्टीलाई अहिले स्वच्छ छवि भएको नेता चाहिएको छ । त्यो गुण पूर्वराष्ट्रपतिसँग छ । हाम्रो माग उहाँ राजनीतिमा फर्किनुस् । उहाँ राजनीतिमा फर्किने कुरा मात्रै हुँदा पार्टी सदस्यता नवीकरण गर्नेको संख्या ह्वातै बढेको छ ।’

केन्द्रीय सदस्य उषाकिरण तिम्सेना भण्डारीको सदस्यता नवीकरण नगरेर ठिक गरेको बताउँछिन् । उनको तर्क छ, ‘एमालेका थुप्रै निर्णयहरूमध्ये एउटा राम्रो निर्णय, विद्या भण्डारी राजनीतिमा नआउनुस् भन्ने थियो। देशको सर्वोच्च र राष्ट्रपति पदको गरिमा जोगाउन पनि उहाँ राजनीतिमा फर्किनु हुँदैन।’

एमाले जोगाउने उपाय नवीकरण : विश्लेषक श्रेष्ठ

वाम विश्लेषक श्याम श्रेष्ठ एमालेलाई विभाजनबाट जोगाउन पनि भण्डारीको सदस्यता नवीकरण हुनुपर्ने तर्क गर्छन् । उनी ओलीले आफ्नो शक्ति कमजोर हुने डरले भण्डारीलाई राजनीतिमा आउन रोकोको विश्लेषण गर्छन् ।

‘एक हिसाबले हेर्दा ओलीले भनेजस्तै राष्ट्रपति भएको मान्छे राजनीतिमा नफर्किए हुन्थ्यो । तर उहाँले सबै कुरा भत्ता, तलब र सुविधा त्यागेर राजनीतिमा फर्कन्छु भनेपछि रोक्नु ठिक छैन । मान्छेले पद हत्याउन सक्ने ठान्नु अर्को ठूलो समस्या हो’, श्रेष्ठले भने, ‘एउटै मान्छे आर्यघाटमा नपुगेसम्म नेतृत्वमा रहनुपर्ने मानसिकता ओलीले बनाए । माओवादीले पनि त उपराष्ट्रपति भइसकेकालाई पार्टीमा फर्काएको छ । मेरो कुरा के हो भने सेवा सुविधा त्यागेर कसैले राजनीतिमा फर्कन्छु भन्छ भने अवसर दिनुपर्छ । भाग खोसिनछ भनेर डराउनु हुँदैन ।’

उनी अमेरिका र अन्य देशको उदाहरण दिँदै पदमा पुगेको व्यक्ति राजनीतिमा फर्कन नहुने कानुन बनाउनुपर्ने बताउँछन् । ‘कि अन्ताराष्ट्रिय प्रचलनको पालना गर्नुपर्छ कि सबैको बाटो खुल्ला हुनुपर्छ’, उनले भने, ‘आफू तल पर्छु कि भनेर कसैलाई रोक्नु त्यो मपाईँ प्रवृत्ति हो ।’

कोही भने तीन चार कार्यकाल पदमा बसिरहने कसैलाई भने रोक्ने कुरा उचित नहुने उनको तर्क छ । श्रेष्ठको विचारमा ओली अहिले डराएका हुन् ।

‘अहिले नेपालका सबैभन्दा अलोकप्रिय पात्र ओली हुन् । तर उनी हेप्न सक्छु कि भनेर बसेका छन्’, उनले भने, ‘अलोकप्रियताको कम्पिडिसन गर्दा ओलीले जित्छन् । उनी त नम्बर वान ह्न् । उनी जति अलोकप्रिय पात्र नेपालमा भेटिँदैन । त्यो मान्छे फेरि कुर्सीमा टाँसिन्छु भन्छ । तर उनलाई विद्या भण्डारी तगारो भइन् । यो ठूलो राजनीतिक विकृति हो ।’

भण्डारीको सदस्यता नवीकरण गरेर महाधिवेशनअघि राजनीतिमा फर्कने वातावरण नदिए एमाले फुट्ने दाबी उनी गर्छन् । भन्छन्, ‘एमाले जोगाउन र कार्यकर्तामा ऊर्जा भर्न उहाँलाई नमनाए एमाले विभाजन हुनेछ ।’

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ८ : ४५ बजे

सन्दीपको रवाफमा कतारविरूद्ध नेपालको रोमाञ्च जित

मस्कट- ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको

विपिनसहित चार जनाको कफिन आईडीएफले रेडक्रसबाट बुझ्यो, परीक्षण गर्न तेलअभिभ लगिँदै

काठमाडाैं । इजिप्टमा गाजासम्बन्धी शिखर सम्मेलनमा इजरायलि प्रधानमन्त्री बेन्जामिन नेतन्याहू

रोहितको अर्धशतकमा नेपालले कतारलाई दियो १४७ रनको लक्ष्य

ओमान – कप्तान रोहित पौडेलको शानदार अर्धशतकको मदतमा नेपालले कतारलाई

चलेन आदिलको ब्याट, दुई रन बनाएर आउट

काठमाडौं – कतारविरुद्धको खेलमा प्लेइङ–११ मा परेका आदिल आलमले मात्र

मंसिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

काठमाडौं – नेपाली कांग्रेसका युवा नेताहरूले आगामी मङ्सिर मसान्तभित्र पार्टीको