रवि र छविको मुद्दामा सुनुवाइ हुँदै, थुनामै राखिरहने या बाहिर बस्न दिनेबारे निर्णय हुन सक्ने « Khabarhub

रवि र छविको मुद्दामा सुनुवाइ हुँदै, थुनामै राखिरहने या बाहिर बस्न दिनेबारे निर्णय हुन सक्ने


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा हाल ललितपुको नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दामा पेशी तोकिएको छ ।

उनीसँगै तत्कालीन गोर्खा मिडियाका सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा पनि उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र वासुदेव आचार्यको संयुक्त इजलासमा पेशी तोकिएको हो ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछानेले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न माग गरेका थिए । उनलाई यसअघि जिल्ला अदालत रुपन्देही, उच्च अदालत बुटवल र सर्वोच्च अदालतलेसमेत थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए ।

यो मुद्दामा यसअघि कात्तिक २० गते सुनुवाइ भएको थियो । त्यसबबेला उच्च अदालतले सुरू अर्थात् जिल्ला अदालत रुपन्देहीको मिसिल झिकाउन आदेश गरेको थियो ।

रविले त्यसअघि आफूमाथि हुनसक्ने बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाऊ भन्ने निवेदन दिएका थिए । त्यही निवेदनमा सुनुवाइका क्रममा उच्चले त्यो आदेश दिएको थियो । अब फाइल आइसकेकाले रविलाई थुनामै राखिरहने या बाहिर बसेर मुद्दा लड्न दिने निर्णय हुन सक्नेछ ।

त्यसअघि कात्तिक १३ गते तोकिएको पेसीमा जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो ।

लामिछानेको यो मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले रवि र छविको एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो । त्यही भएर अहिले दुवैको मुद्दा एकै इजलासमा राखेर सुनुवाइ भइरहेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १ : ०८ बजे

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव

प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण