रवि र छविको मुद्दामा सुनुवाइ हुँदै, थुनामै राखिरहने या बाहिर बस्न दिनेबारे निर्णय हुन सक्ने « Khabarhub

रवि र छविको मुद्दामा सुनुवाइ हुँदै, थुनामै राखिरहने या बाहिर बस्न दिनेबारे निर्णय हुन सक्ने


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा हाल ललितपुको नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दामा पेशी तोकिएको छ ।

उनीसँगै तत्कालीन गोर्खा मिडियाका सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा पनि उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र वासुदेव आचार्यको संयुक्त इजलासमा पेशी तोकिएको हो ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछानेले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न माग गरेका थिए । उनलाई यसअघि जिल्ला अदालत रुपन्देही, उच्च अदालत बुटवल र सर्वोच्च अदालतलेसमेत थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए ।

यो मुद्दामा यसअघि कात्तिक २० गते सुनुवाइ भएको थियो । त्यसबबेला उच्च अदालतले सुरू अर्थात् जिल्ला अदालत रुपन्देहीको मिसिल झिकाउन आदेश गरेको थियो ।

रविले त्यसअघि आफूमाथि हुनसक्ने बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाऊ भन्ने निवेदन दिएका थिए । त्यही निवेदनमा सुनुवाइका क्रममा उच्चले त्यो आदेश दिएको थियो । अब फाइल आइसकेकाले रविलाई थुनामै राखिरहने या बाहिर बसेर मुद्दा लड्न दिने निर्णय हुन सक्नेछ ।

त्यसअघि कात्तिक १३ गते तोकिएको पेसीमा जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो ।

लामिछानेको यो मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले रवि र छविको एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो । त्यही भएर अहिले दुवैको मुद्दा एकै इजलासमा राखेर सुनुवाइ भइरहेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  १ : ०८ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट