रवि र छविको मुद्दामा आएन आदेश, मिसिल झिकाउने इजलासको निर्णय « Khabarhub

रवि र छविको मुद्दामा आएन आदेश, मिसिल झिकाउने इजलासको निर्णय


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उच्च अदालत तुलसीपुर बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका साझेदार तत्कालीन गोर्खा मिडियाका सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीको मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ ।

सहकारी ठगी प्रकरणमा थुनामा रहेका दुवैजनाको मुद्दामा बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले यस्तो आदेश दिएको हो ।

न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएपछि रवि र छवि तत्काल छुट्ने सम्भावना टरेको छ ।

रवि र छवि दुवै सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा जेलमा छन् । रवि हाल ललितपुको नख्खु जेलमा छन् ।

उनीसँगै तत्कालीन गोर्खा मिडियाका सञ्चालक एवम् पूर्वडीआईजी जोशीको मुद्दामा पनि उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र वासुदेव आचार्यको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछानेले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न माग गरेका थिए । उनलाई यसअघि जिल्ला अदालत रुपन्देही, उच्च अदालत बुटवल र सर्वोच्च अदालतलेसमेत थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए ।

यो मुद्दामा यसअघि कात्तिक २० गते सुनुवाइ भएको थियो । त्यसबबेला उच्च अदालतले सुरू अर्थात् जिल्ला अदालत रुपन्देहीको मिसिल झिकाउन आदेश गरेको थियो ।

रविले त्यसअघि आफूमाथि हुनसक्ने बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाऊ भन्ने निवेदन दिएका थिए । त्यही निवेदनमा सुनुवाइका क्रममा उच्चले त्यो आदेश दिएको थियो ।

त्यसअघि कात्तिक १३ गते तोकिएको पेसीमा जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो ।

लामिछानेको यो मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले रवि र छविको एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ५ : ४० बजे

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं– नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय