कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि « Khabarhub

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले  शनिबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा भारतसहित नेपालका नाम चलेका आठ वटाको टिम सहभागी हुनेछन् । 

प्रतियोगितामा प्रथम हुने टोलीलाई चार लाख चार हजार र उपविजेतालाई दुई लाख दुई हजार २०० नगद पुरस्कार प्रदान गरिनेछ ।

 हरेक खेलमा ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीलाई जनही सात हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार प्रदान गरिनेछ । 

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  १२ : ४८ बजे

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय