प्रधानमन्त्री कार्कीलाई एमाले अध्यक्ष ओलीको प्रश्न, ‘यही हो चुनावको वातावरण बनाएको ?’ « Khabarhub

प्रधानमन्त्री कार्कीलाई एमाले अध्यक्ष ओलीको प्रश्न, ‘यही हो चुनावको वातावरण बनाएको ?’


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट नभाग्ने स्पष्ट पारेका छन् । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावका लागि सरकारले वातावरण बनाउन नसकेको पनि आरोप लगाए ।

‘चुनावको मिति तोकिएको छ, के छ तयारी ? कतै भएको छ ? देखिँदैन त ।’ उनले कटाक्ष गरे, ‘चुनाव गर्ने भए सरकार के गर्थ्यो ? सबै दलको विश्वास जित्थ्यो, निर्णयमा पारदर्शीता देखाउँथ्यो, सभा जुलुस गर्न सुरक्षित वातावरण सिर्जना गर्थ्यो, दलका गतिविधिलाई चुनावमा उत्साहित हुन प्रेरित गर्थ्यो । लुटिएका हतियार फिर्ता ल्याउँथ्यो होला । जेलबाट भागेका कैदी बन्दीहरू फेरि जेलमा फर्काउँथ्यो होला ।’

उनले सरकारले अहिले संवाद नभइ निषेध, घृणा, मिडिया ट्रायल र विभिन्न प्रकारका हल्ला, प्रतिस्पर्धा नभइ धम्की, बहस नभइ मुद्दा, नेताको राहधानी रद्द र स्थानहद, निषेधाज्ञा गरिरहेको आरोप लगाए ।

‘यही हो चुनावको वातावरण बनाएको ?’ उनले प्रश्न गरे ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ३ : ०६ बजे

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले