जेन-जी आन्दोलनको जिम्मा सबै राजनीतिक दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी « Khabarhub

जेन-जी आन्दोलनको जिम्मा सबै राजनीतिक दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले नेकपा एमालेको एघारौँ महाधिवेशनमा नेतृत्व पुस्तान्तरणको विषयलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन्।

महाधिवेशनको उद्‌घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै बुर्लाकोटीले मुलुकमा विद्यमान राजनीतिक चुनौतीप्रति ध्यानाकर्षण गराए। उनले जेन-जी आन्दोलन विस्फोट हुनुमा पछिल्ला ३०–३५ वर्षदेखि देशको बागडोर सम्हाल्दै आएका सबै राजनीतिक दलहरूले जिम्मेवारी लिनुपर्ने बताए। यसमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा रहँदासम्म आफ्नो हिस्साको जिम्मेवारी लिन तयार रहेको उनको भनाइ थियो।

बुर्लाकोटीले केही समयअघि देखिएको राज्यविहिनता जस्तो अवस्थाको प्रसङ्ग उठाउँदै प्रधानमन्त्री र मन्त्रीहरूलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था किन र कसरी आयो भन्ने विषयमा गहिरो आत्मसमीक्षा आवश्यक रहेको बताए।

‘यस विषयमा गहिरो विश्लेषण नगरी नेपालको समृद्धिको परिकल्पना साकार हुन सक्दैन,’ उनले भने।

उनले नेतृत्व पुस्तान्तरणको माग सबैले बुझिसकेको उल्लेख गर्दै एमालेले पनि यस विषयमा उपयुक्त सम्बोधन गर्ने विश्वास व्यक्त गरे। अन्त्यमा उनले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्तिहरूलाई सफलताको कामना गर्दै शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : ०० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन