दलहरूले नयाँ पुस्तासँग समझदारी गरेर अगाडि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन « Khabarhub

दलहरूले नयाँ पुस्तासँग समझदारी गरेर अगाडि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई केन्द्रमा राखेर दल र शक्तिहरू अटाउने नीति तय गर्नुपर्ने बताएका छन् । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कसैले नहार्ने, देशले जित्ने नीति तय गर्न सकोस् भन्ने शुभकामना दिए ।

उनले भने, ‘संविधान भन्ने चिज गीता बाइबलजस्तो फेर्न नसकिने होइन । वास्तवमा अहिले संविधान कहाँ छ र ? संविधान मरिसकेको छ । यो संविधानलाई जबरजस्त बिउँताएर देशलाई थप दुर्घटनामा लान सकिँदैन ।’

उनले अब देशमा एउटा नयाँ समझदारी कायम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले २३ र २४ गतेको विद्रोह वा विध्वंशमा कसैको उक्साहट र योजनाले पनि काम गरेको हुनसक्ने भएपनि २५–३० वर्षदेखि अंगीकार गरेको देशको भूराजनीति चरम भ्रष्टाचार बेरोजगारी पनि मुख्य कारक रहेको उल्लेख गरे ।

‘म फेरि पनि भन्छु देशलाई केन्द्रमा राखेर कसैले जित्ने होइन देशले जित्ने एउटा निर्णय गर्नुपर्छ । नयाँ पुस्ताहरूसँग नयाँ समझदारी गरेर देश बचाउने र देश सुधार्ने अभियानमा सबै एक ठाउँमा आउनुपर्छ भन्दै शुभकामना दिन चाहन्छु ।’ उनले भने ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : ०२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन