‘जब कृषिमन्त्रीलाई नौ किलोको काउली दिइयो’ | Khabarhub Khabarhub

‘जब कृषिमन्त्रीलाई नौ किलोको काउली दिइयो’


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन (बागलुङ) : बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरामा आज माघेसङ्क्रान्ति मेला तथा जैमिनी कप चलिरहेको थियो ।

मेलामा स्थानीय कला, संस्कृति र विभिन्न प्रकारका झाँकी प्रदर्शनले दर्शकलाई लोभ्यायो । साँझ पर्दै थियो । आयोजकले प्रमुख अतिथिका रूपमा आएका कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीलाई बिदाई गर्नुपर्ने भयो ।

धेरै ठाउँमा आयोजकले अतिथिलाई मायाको चिनो भनेर विभिन्न प्रकार समान दिने गरेका छन् । तर, यहाँ भने फरक शैलीमा मन्त्री अधिकारीलाई बिदाइ गरियो ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा मन्त्री अधिकारीलाई उपहार दिन मञ्चमा उक्लिए । उनको हातमा नौ किलोको काउली थियो । शर्माले मन्त्री अधिकारीलाई मायाको चिनो स्वरूप त्यही काउली थमाए ।

उक्त दृश्यले मेला हेर्न आएका दर्शकको ध्यान मञ्चतिर खिच्यो । धेरै चकित भए । नगर उपप्रमुख शर्माले कृषिमन्त्रीलाई मायाको चिनोका रूपमा काउली हस्तान्तरण गरेको उद्घोष गर्दा चारैतिर हाँसो चलेको थियो । स्थानीय किसानले उत्पादन गरेको काउली मन्त्री अधिकारीले मुस्कुराउँदै ग्रहण गरे ।

यस नगरपालिकाले विगत केही वर्षदेखि यस्ता कार्यक्रममा अतिथिलाई स्थानीय उत्पादनलाई प्रयोग गर्दै आएको छ । यस वर्ष पनि सोही नीतिअनुसार कृषिमन्त्री अधिकारीलाई नौ किलोको काउली उपहार दिइएको उपप्रमुख शर्माले बताए ।

उनले उक्त काउली जैमिनी नगरपालिका–२ का किसान गङ्गाधर सापकोटाले उत्पादन गरेका बताए । स्थानीय उत्पादनलाई मायाको चिनो तथा सार्वजनिक कार्यक्रममा प्रदर्शन गर्दा बजारीकरणमा टेवा पुग्ने अपेक्षासहित नगरपालिकाले यस्तो कार्य गर्दै आएको उपप्रमुख शर्माको भनाइ थियो ।

‘जैमिनी नगरपालिकामा व्यावसायिक तरकारीखेती गर्ने किसानको सङ्ख्या धेरै छ, उहाँहरूले बर्सेनि तरकारी बेचेर लाखौँ आम्दानी गर्नुहुन्छ । त्यस्ता किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले मायाको चिनाका रूपमा प्रयोग गर्ने र अन्य बेला पनि खरिद गर्ने गरेको छ’, उपप्रमुख शर्माले भने, ‘किसानलाई थप हौसला मिल्ने हुँदा उहाँहरूको उत्पादनलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।’

नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको त्यस अवसरमा जानकारी दिइयो । यसै वर्षदेखि सञ्चालन गर्ने गरी कृषि एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढिसकेको नगरपालिकाले जनाएको छ ।

स्थानीय किसान प्रेमप्रसाद सापकोटाले नगरपालिकाले किसानलाई प्रोत्साहनका लागि गरेको यो कार्य सराहनीय रहेको बताए । मेला महोत्सवमा प्रदर्शन र मन्त्री तथा अन्य पाहुनालाई स्थानीय उत्पादनलाई मायाको चिनोका रुपमा दिँदा किसानको पहिचान बढ्ने र बजारीकरणमा सहज हुने उनको विश्वास छ । रासस

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ८ : ३२ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना