देवघाट महामहोत्सवमा देवी प्रतिभा « Khabarhub

देवघाट महामहोत्सवमा देवी प्रतिभा


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चितवन-चितवनको देवघाटमा सुरु भएको देवघाट महामहोत्सवमा कथा वाचनको लागि आइपुगेकी ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभालाई चितवनको भरतपुर महानगरपालिकाले स्वागत गरेको छ ।  

भरतपुर महानगर प्रमुख रेणु दाहालले देवी प्रतिभालाई महानगरमा स्वागत गरेकी हुन् । सो अवसरमा महानगर प्रमुख दाहालले देवी प्रतिभा देशको गौरव भएको उल्लेख गरिन् ।

भरतपुर महानगरले जनचाहना अनुरूपको विकासका कामलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले भरतपुर क्षेत्रको प्रचार र प्रवर्द्धनमा भूमिका खेल्न आग्रह पनि गरिन् । 

 सो अवसरमा देवी प्रतिभाले भरतपुर टेक्ने बित्तिकै  विकासको गति देखेर आफू खुसी भएको प्रतिक्रिया दिइन् । देवी प्रतिभाले अब १० दिनसम्म देवघाटमा कथा प्रवचन गर्ने कार्यक्रम रहेको महामहोत्सवका संयोजक डा केशव भुर्तेलले जानकारी दिए ।

देवघाट धाममा मातापिता आश्रम निर्माणको लागि माघ ३० गतेसम्म देवघाट महामहोत्सव चल्ने बताइएको छ । 

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १ : ५० बजे

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।